सडक माथिबाट पहिरो सहित ढुंगा खस्दा दुईजना घाइते

694
views

पाल्पा, १८, असोज । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डको सिद्धबाबा नजिकै सडक माथिबाट पहिरो सहित ढुंगा खस्दा दुईजना घाइते भएका छन् ।

घाइतेको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका लागि लगिएकाले उनीहरुको नाम खुल्न नसकेको दोभान प्रहरीले जनाएको छ । लु १७ प १८७३ नम्बरको मोटरसाइकलमा सवार दुई जना ढुंगा खस्दा घाइते भएका हुन ।

दशँैदेखि तिनाउ गाउँपालिका– २ दोभान र सिद्धबाबाकोबीच विद्युत् हेडबक्समाथि ढुंगासहितको ठूलो पहिरो खस्दा पटक÷पटक सडक अवरुद्ध बनेको छ ।