फलेवास नगरपालिका हल्लाउने काँग्रेसका चार हस्तीहरु

805
views

राजबाबु पिसी
पर्वत, ३, बैशाख । नेपाली काँग्रेस पर्वतमा राधा कुँवर क्षेत्री, गंगाधर तिवारी र थमान सिंह थापाले मेयर पदका साथै मुना भुसालले फलेवास नगरपालिकाको उपमेयरमा दाबी गरेका छन् । स्थानिय निर्वाचन नजिकीदै गर्दा दलहरुमा चुनावी सरगर्मी बढेपछि उनीहरु टिकटको दाबी गरेका हुन् । मेयर पदका दाबेदार राधा कुँवर क्षेत्री, गंगाधर तिवारी र मुना भुसाल नेपाली काँग्रेसका महासमिति सदस्य हुन भने थमानसिंह थपा २०४९ देखि २०५४ सम्म साविकको थापाठाना गाउँ विकास समितिका अध्यक्ष समेत भएर काम गरिसकेका अनुभवि व्यक्तित्व हुन् । हरेक पार्टीमा आकांक्षीहरु बढ्दै जाँदा दलहरु समस्यामा रहेका छन् । नेता चयनमा पार्टी नगरकमिटीका साथै वडा बैठकहरु निरन्तर बसिरहेका दलहरुको भनाई छ । जिल्लाका नगरपालिका, गाउँपालिकामा आ–आफ्ना पार्टी मार्फत उम्मेदवारीको दावी गर्ने क्रम तिव्र बनेकोले दलहरुलाई नेतृत्व चयन गर्न हम्मे हम्मेको अवस्था सिर्जना भएको छ । यसैक्रममा पर्वतको फलेवास नगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका तर्फबाट थमानसिंह थापा र उपमेयरमा मुना भूषालले आफ्नो दाबेदारी प्रस्तुत गरेको खुलासा भएको छ ।
आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेद्वारीका लागि मेयर पदमा थमानसिंह थापा र उपमेयरमा मुना भुसालले दाबी गरेको खुल्न आएको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपाली काङ्ग्रेस गाउँ कार्य समितिको सचिव रहेका थापाले २०४६ देखि २०५८ सम्म अनवरत रुपमा पर्वत जिल्ला समितिको सदस्य भएर कार्य गरिसकेको अनुभव र जनमतको कदर गर्न मेयर टिकट आफुले पाउनुपर्ने थमनसिंह दाबी रहेको छ भने नेपाली काँग्रेसको १३ औं महाधिवेनबाट सबैभन्दा बढी मत ल्याएको र फलेवास नगरपालिकाको आर्थिक समृद्धि, उन्नती र विकासका लागि उपमेयरको टिकट पाउनुपर्नेमा मुना भुसालले दाबी गरेकी छन् ।
२०२७ सालमा नेपाली काङ्ग्रेसको मुखपत्र तरुण पत्रिका हुदै नेपाली काङ्ग्रेसमा आबद्ध भएका थापा नेपाली काङ्ग्रेस थापाठाना गाउँ कमिटीको बाह्रौ र तेह्रौ अधिवेशनबाट लगातार दोस्रो कार्यकाल सभापतिका रुपमा कार्यरत रहेका छन् ।

नेपाल स्काउटमा समेत आबद्ध उनले नेपाल  रेडक्रस सोसाइटी पर्वतको उपसभापतिको भूमिका पनि निर्वाह गरेका छन् । आफूले जीवनभर इमान्दार भएर काङ्ग्रेसको राजनीति गरेकाले नेपाली काङ्ग्रेस जस्तो प्रजातान्त्रिक संस्कार रहेको पार्टीले पक्कै पनि कामको उचित मूल्याङ्कन गर्ने र आफूलाई नै उमेदवार बनाउने विश्वास उनको रहेको छ ।

पर्वतमा गंगाधर तिवारीले पनि फलेवास नगरपालिकाको मेयर पदमा उमेदवारको आकाँक्षा राखेका छन । आफु पार्टीको सिपाही भएको नाताले टिकट पाउने आशा गर्नु स्वभाविक भएको तर पार्टीले टिकट दिए नछाड्ने तिवारीले बताएका छन । तिवारी शहिद पुत्र हुन । विकास निर्माणमा तिवारीले पर्वतका कुनकुना र बस्ती बस्तीमा हरेक खाले विकासे योजना पुर्याएका छन् । नगरपालिका हल्लाउने काँग्रेसका यि चार हस्तीको चित्त बुझाउन नेपाली काँग्रेस पर्वतलाई कठिन अवस्था रहेको छ । सबैको मन बुझाउन नसके काँग्रेले पराजयको सामना गर्नुपर्ने अवस्था देखिन्छ ।