‘जनमनको विचार पलपलको समाचार’ ‘‘नवदृष्टि’’ डट कम

2625
views

विभिन्न समयका परिर्वतनहरुले देशलाई नयाँ चक्रब्युहमा लैजाने तर नेपाली जनताको चाहाना र आवश्यकता कहिल्यै पनि पुरा नहुने विरासतका अगाडी सञ्चार जगत अपरिहार्य तथ्य बन्न आईरहेको समयमा नेपाली सञ्चार माध्यमहरु निश्पक्ष हुन सकेनन् । तर, सञ्चार जगतमाथि नै राजनीतिक आस्थाको आधारमा भ्रमहरु सिर्जना गरिन थाल्यो ।
पछिल्लो समयको राजनीतिक अर्कमण्डयताका कारण सञ्चार क्षेत्रलाई कर्मआधार बनाउन आउने सञ्चार जगतका कुनैपनि व्यक्तित्वहरुलाई विदेशी प्रभावमा पारी सञ्चार माध्यमको उद्वेश्यलाई नै अलगथलग पार्ने मनसायलाई एकत्व गरी विकृतिक धरातलिय अवस्था र भुमण्डलीकरणको दुनियालाई चिर्दै आम नागरिकका विचारहरुको साझा र संगम स्थान बनाउने अभिप्रायका साथ आएको ‘‘नवदृष्टि’’ डट कम डिजिटल मिडियाले यिनै भ्रम र अर्कमण्डयता हटाउँदै नयाँ सोचका साथ अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
हामीले यस प्रकारको विरासतलाई गहन अध्ययन गरी जहाँ छौ त्यहीबाट, जत्ति छ त्यत्ति नै बाट, जे छ त्यसैबाट भ्रम, शंका र उपशंका हटाउने तर मुख्य रुपमा जनविश्वास कायम गर्दै परिवर्र्तनलाई आत्मसाथ गर्ने गरी जनमनको साझा आवाजका रुपमा ‘नवदृष्टि’ डिजिटल मिडिया सञ्चालनमा ल्याउने जमर्को ग¥यौं ।
राजनीतिक वृत्तमा देखिएको छरपष्टता र अस्पष्टताले देशमा अन्यौलता छाईरहेको अवस्थामा देशको राष्ट्रिय अस्मिता संरक्षण गर्दै विकास र सम्वृद्धिका लागि समाज विकास नै पहिलो आधार बनाउने लक्ष्यका साथ हरेक समुदायको विचारको सम्वाहकको रुपमा आम नागरीकको पक्षमा वकालत गर्नेगरी ‘जनमनको विचार पलपलको समाचार’ ‘‘नवदृष्टि’’ अनलाईन डट कम मार्फत आम नागरिकका बीचमा आजदेखि प्रारम्भ गरेका छौं ।
हामीले गरेको यो प्रयासमा राष्ट्र, समाज तथा हरेक तह र तप्कामा रहेका सामाजिक विद्धत्व ब्यक्तित्वहरुले हरपल हामीलाई साथ, सहयोग र सुझाव अवश्य दिएर हामीलाई हौसला प्रदान गर्नुहुने छ भन्ने पुर्ण विश्वस्त छौं ।