सन् २०३० को विश्वकप आयोजना गर्न अर्जेन्टिना, उरुग्वे र पाराग्वेको दावी

1356
views

असोज १९ । सन् २०३० मा हुने विश्वकप फुटबल आयोजनाको लागि लेटिन अमेरिकी मुलुक अर्जेन्टिना, उरुग्वे र पाराग्वेले संयुक्त दावेदारी दिएका छन् ।अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा अयोाजित एक कार्यक्रममा तीन देशका राष्ट्रपतिले विश्वकप आयोजनाको लागि संयुक्त दावी गरेका हुन् ।सन् २०३० मा विश्वकप फुटबल सुरु भएको एक शताब्दी पुग्दैछ । १९३० मा पहिलो विश्वकप आयोजना गरिएको उरुग्वेलाई समावेश गरी २०३० को विश्वकप आयोजनाको संयुक्त प्रयास थालिएको हो ।तर उक्त प्रतियोगिता आयोजनाको निर्णय गर्न भने अझै धेरै समय बाँकी छ । यसअघि २०२६ का हुने विश्वकप फुटबलको अयोजक राष्ट्रसमेत हालसम्म तोकिएको छैन ।उक्त विश्वकपका लागि अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्तरुपमा दावेदारी दिएका छन् । यी बाहेक २०२६ को विश्वकप आयोजनाको लागि मोरक्को मात्रै प्रतिस्पर्धामा रहेको छ२०२६ देखि विश्वकप फुटवलमा ३२ राष्ट्रको स्थानमा ४८ राष्ट्र राष्ट्रले भाग लिंदैछन् ।विश्वकै सबैभन्दा चर्चित र लोकप्रिय प्रतियोगिता विश्वकप फुटबलको आगामी संस्करण अर्को वर्ष रुसमा हुँदैछ । सन् २०२२ को विश्वकप भने खाडी मुलुक कतारले आयोजना गर्दैछ ।