उम्मेदवारी दर्ताको दिन नेपाल बन्द गर्ने मोर्चाको चेतावनी

518
views

काठमाडौ, ३, बैशाख  । मधेसी मोर्चा र संघीय गठबन्धनले स्थानीय निर्वाचनलाई प्रभावित गर्ने गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । मधेसी मोर्चा र संघीय गठबन्धनले आज सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम अन्र्तगत बैशाख १६ गते नेपाल बन्दको आयोजना गरेको छ । यसअघि नै निर्वाचन आयोगले बैशाख १६ गते मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । सोही दिनलाई लक्षित गरी मोचाले नेपाल बन्दको आयोजना गर्ने भएको हो । मार्चाको बन्दले हिमाली तथा पहाडी जिल्लामा कुनै असर नपारे पनि तराईका जिल्लाहरुमा भने प्रभाव पर्ने भएको छ ।
बैशाख १६ गते नै आयोगले मनोनयन दर्ता भएको उमेद्वारको सुचि समेत सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ । यस्तै मोर्चाले बैशाख २७ गतेबाट आमहड्तालका साथै अनिश्चितकालिन नेपाल बन्दको घोषणा गरेको छ ।
निर्वाचन मिति भन्दा चार दिनअघिबाट नेपाल बन्द भएपछि मतदाता, उमेद्वार, निर्वाचन आयोगका कर्मचारी र सर्वसाधारण समेत प्रभावित हुने देखिएको छ ।आम हड्तालसहितका विभिन्न कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मधेसी मोर्चाले सरकारले घोषणा गरेको निर्वाचन बिथोल्ने आन्दोलनका कार्यक्रम तय गरेको हो ।