सिमा रक्षक देवनारायण यादवसँग झुक्यो भारत

953
views

काठमाण्डौ, २१ असोज । काठमाडौं । चौतर्फी विरोध हुन थालेपछि भारतीय प्रहरीले सिमा रक्षक देवनारायण यादवलाई रिहा गर्ने भएको छ । सीमामा गरेको प्रतिरोधका कारण झुटा मुद्दा लगाएर यादवलाई एक हप्ता पहिले भारतीय प्रहरीले गिरफ्तार गरेको थियो ।
सीमामा गरेको प्रतिकारको बदलास्वरुप भारतीय सुरक्षाकर्मीद्वारा गिरफ्तार गरिएका देवनारायण र छोरा अजय यादव शनिबार रिहा हुने भएका हुन् ।
यादवका तर्फबाट बहस गरिरहेका अधिवक्ता प्रभाकर सिंहले अपहरण गरिएको दाबी गरिएकी बुहारी ज्योति, छोरा अजय र देवनारायणको बयान शुक्रबार सकिएको जानकारी नेपाली सुरक्षाकर्मीलाई दिएका छन् । न्यायिक तथा प्रशासनिक प्रक्रियामा कुनै अलमल नभए उनी आज छुट्नेछन् ।
अधिवक्ता सिंहका अनुसार दुवैलाई सामान्य तारेखमा वा अति न्युन धरौटीमा रिहा गर्ने सम्भावना रहेको छ । भारतले सिमारक्षकको प्रतिरोध गरेकै कारण उनलाई निरानीमा राखेको थियो ।