कतारको दोहामा नेपाली कलाकारको जमघट

435
views

दोहा, बैशाख ३– नयाँ बर्षको कार्यक्रम लिएर कतार आएका नेपाली राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुले प्रस्तुत गरेको सांगितिक कार्यक्रमले दोहाको माहोल तताएका छन् । नेपाल अमेरिका तथा जापानबाट आएका कलाकारहरुका साथै स्थानीय कलाकारहरुको समेत प्रस्तुतिले कार्यक्रमको माहोल मनोरन्जनात्मक बनेको थियो ।
‘प्रवासमा नेपाली कलाकारहरु एक हौं ,नेपाली कला, सस्कृति र प्रतिभाको सम्मान तथा प्रवर्दन गरौं’ भन्ने मुल नाराका साथ बसन्त फिल्मिस प्रा।लिले नयाँ वर्ष २०७४ को शुभकामना आदान प्रदान तथा तेस्रो विविध सांस्कृतिक कार्यक्रम दोहाको गल्फ प्याराडाईज होटलको हलमा आयोजना गरेको थियो ।
सरापे नामले चिनिने कलाकार यादव देवकोटाले प्रस्तुत गरेको आफ्नो कलाले सबैलाई पेट मिची मिची हास्न बाध्य बनाएको थियो । त्यस्तै दोहोरि गीत, लोकगीत कार्यक्रमका आकर्षण बनेका थिए ।