रानीपानी स्वाथ्य चौकीलाई एनआरएन रुसद्धारा एम्बुलेन्स सहयोग

1860
views

नवदृष्टि संवाददाता
पर्वत २३ असोज । रोजगारीका लागि रुसमा रहेका नेपालीहरुको सहयोगमा पर्वतको विहादी गाउँपालिकामा एम्बुलेन्स संचालनमा आएको छ ।
दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नम्बर ३ मा रहेको रानीपानी स्वाथ्य चौकीमा एम्बुलेन्स सेवा संचालनमा आएको हो । एनआरएन रुसमा आवद्ध नेपालीहरुले एम्बुलेन्स खरिदका लागि रु २० लाख रुपैया संकलन गरेका थिए ।
आइतवार रानीपानी स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रममा एन.आर.एनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पर्वत क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद विकास लम्साल र एन.आर.एन रुसका अध्यक्ष रामेश्वर गौतमले स्वास्थ्य चोकीलाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले ग्रामिण विपन्न क्षेत्रका जनताको स्वास्थ्य सुधार गर्न एम्बुलेन्सले सहयोग पु¥याउने बताए ।
कार्यक्रममा मानव जीवनको स्वास्थ्यमा अनिवार्य स्रोत र साधनले विकटवासीलाई राहत पुगेको बताए । उनले स्वास्थ्य क्षेत्रलाई बढी प्रथमिकता दिदै जनताको बास्तविक समस्या बुझेको र त्यहीअनुसार कामलाई प्राथमिकतामा राखेर सम्पादन गरेको बताए ।