पकाउनेको प्रेमभावले जिब्रोमा झुण्डीएको थकाली नेपाली खाना, प्रधानमन्त्री देउवापनि थकाली खानाका पारखी ग्राहक

3642
views

चन्दश्वर बस्ताकोटी
पोखरा, ११, श्रावण । ‘तरकारी तेल र मसलाले होइन, पकाउनेको प्रेमभावले मीठो हुन्छ ।’ यो वाक्य मैले कुनै आध्यात्मिक साधना चलाउने आश्रममा जादाको कुनै समय सुनेको थिए । नेपाली खानालाई ठाँउ अनुसार स्वादष्टि बनाएर खुवाउनु नै नेपाली खानाका रुपमा लिइएको सिटीभिटी पोखराका प्रिन्सीपल र्हकलाल श्रेष्ठ बताउनु हुन्छ । नेपाली खानालाई थकाली समुदायले मुस्ताङ्गका उत्पादन कलात्मकरुपमा स्वादष्टि बनाएर खुवाउनु थकाली खाना हो । थकाली समुदायको अनुभवले स्वादिष्ट बनाएकोले यसलाई थकाली खाना समेत भन्न थालिएको हो ।
जोमसोमकी मिना शेरचन थकाली खानामा मौलिक संस्कारको साथमा आत्मीय रुपमा दिइने खानाको स्वादले नेपाललाई विश्वमाझ चिनाएको बताउनु हुन्छ । उहाँका अनुसार हिमाली भेगको मौसममा थकाली खानामा संलग्न हुने परिकारले शरीरमा तागत दिन्छ ।
वास्तविक थकाली खानको सेटमा फापरको ढिडो, ध्युले झानेको ढाप्रा वा कालो सिमीको दाल, डल्ले मुलाको अचार, मार्फा रायो साग, टिमुरको छोप, गुन्द्रक, सादेको गोलभेडाको चटनी, जिम्वुले झानेको च्याग्राको सुकुटी मासु, गुन्द्रुक, कालोदाल, तामाको टुसा, तामा, गेडागुडी तथा मौसमी तरकारी सहितको मुस्ताङको आलुको तरकारी, ध्यु राखेर मथेको नुनचिया मुख्य पर्दछन । हिजोआज गोलभेडाको अचार, लोकल कुखुरा, खसी वा माछाको झोल पनि थकाली थालीमा उपलब्ध हुने परिकार हुन् ।

चौरीको ध्यु तथा दुधबाट बनेका परिकार दही र मोही पनि स्वास्थ्यको लागि उत्तिकै उपयुक्त हुन्छ । यस्तै कालो तथा टाटेपाटे सिमीको दाल, टिमुरको छोप र गोलभेडाको अचार, ढिंडो र मासुका झोलले पनि हिमाली भेगमा शरीरलाई चिसोहुन दिदैन । मिना भन्नुहुन्छ, “शाकाहारीको लागि पनि थकाली खाना उत्तिकै महत्वपुर्ण छ । साहाकारीलाई हिमाली भेगमा पाईने बिषादी रहित स्वस्थ्य, स्वादिष्ट च्याउको परिकार दिइन्छ । थकाली खानाका पारखीहरुलाई चरेस वा पित्तलको ठुलो थाल र कचौरामा खानेकुरा पस्केर दिइन्छ । आफन्तहरुलाई बोलाई खुवाउदा परिकार त कतिहो कति, त्यसमाथी चाँदीका भाडाकुडामा सजाएर खाना खुवाउने चलन छ । थकालीहरुले भाँडाकुडा सजाएको देख्दा जो कोहीपनि एकछिन टक्क अडिएर हेर्न वाध्य हुन्छन । सबैकुरा मिलेको, स्वादिष्ट, स्वास्थ्य वर्धक र मीठोको पर्यायको रुपमा लिनुप¥र्यो भने पनि थकाली खानाको नाम लिने गरिन्छ । शोभा बस्ताकोटीको परिवारैलाई बर्षको एक पटक आफन्तहरुलाई जस्तै बोलाएर यसरी नै खाना खुवाउने मिना मात्र होइन उहाका श्रीमान राजेन्द्र शेरचन समेत उत्तिकै मेहनती भएको शोभा बताउनु हुन्छ । मिठोखाना मिनाले जसरी बनाउनुहुन्छ, त्यसरी नै राजेन्द्रको स्वागतले खाना खानेबेला एकपटक सम्झ नै कर लाग्छ । मिना र राजेन्द्रले ब्यबसायीक कुनै रेष्टुरेण्ट भने चलाउनु भएको छैन ।

थकाली भन्ने बित्तिकै तल्लो मुस्ताङका रैथानेहरुलाई चिनिन्छ । मुस्ताङको थाकखोला पुर्खेउली भएका थकालीहरुले बनाएको परम्परागत स्वाद अर्थात थकाली खाना मन नपराउने मानिस खोज्न गार्हृैपर्ला । घण्टौ लगाएर मधुरो आगोमा मरमसला सहित पकाइनु पनि थकाली खानाको आफ्नै पहिचान हो । सत्कारसगै थकाली खानाको स्वाद र सजावट पनि उत्तिकैै महत्वपुर्ण मानिन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा आउँदा थकाली खानाको स्वाद लिन नभुल्ने थकाली खानाका पारखी ग्राहक हुनुहुन्छ । काग्रेस नेता रामचन्द्र पौडेल, नेतृ सुजाता कोइराला नाम चलेका कलाकार, गायकहरु समेत थकाली खानाको पारखी रहेको पोखरा महेन्द्रपुल चिप्लेढुङामा रहेको मुस्ताङ थकाली किचनकी संचालक रिता शेरचन बताउनु हुन्छ । हेर्दा आर्कषक, खानाको संयोजन मिलेको, सफा र स्वादिष्ट हुनु थकाली खानाको परिचय भएको बताउनु हुन्छ । पोखरा आउदा गायक निमा रुम्वा, नबिन के भट्टराई कलाकार शुनिल थापा, हिजोआजको पुरै टिम लगायत थकाली खाना नखाई नफर्ककने रिताको भनाई छ । पोखरामा करिब २ दर्जन नाम चलेका भन्दा बढि थकाली रेष्टुरेण्ट छन । एमाले नेता माधब कुमार नेपाल पोखरा आउदा पनी थकाली खाना मनपराएको सुनिन्थ्यो । इन्फोम्याक्स कम्प्युटर पोखराका संचालक लायन राजेन्द्र शर्मा ब्यस्तता र स्वादिष्ट हुनेभएकाले दैनीक एक पटक थकाली खाना खाने गर्नु हुन्छ ।
पत्रकार महासघका केन्द्रिय सदस्य रुद्र भट्ट घरबाट निस्केपछि भोक लाग्यो भने थकाली भान्छा नै रोज्नुहुन्छ । भट्ट भन्नुहुन्छ, ‘खाना त थकाली भान्साघरमै मिठो र छुट्टै स्वाद मात्र बोकेको छैन यसले नेपाली संस्कार, संस्कृति र मौलिक स्वाद पनि बोकेकोले पनि थकाली भान्सामै खाने बानी परेको छ ।’ ‘पारिवारिक वातावरणमा थकाली खानाको आनन्द लिनुको मज्जा नै बेग्लै हुन्छ । शहरमा बसेर वाध्यतावस शहरीया रहनसहनमा भुल्नु पर्ने मानिसलाई गाउको सम्झना गराउने र गाउको स्वाद नबिर्साउन पनि यसले खुव सघाएको छ’ पत्रकार महासघ कास्कीका सचिब त्रिभुवन पौडेलको बुझाई छ । लुम्लेका थकाली रेष्टुरेन्टमा खाना खानुको मजानै बेग्लै भएको पौडेल बताउनु हुन्छ ।
बिभिन्न नेपाली नायक नायिकाहरु शुटिङको मौका पारेर होस् या निजि रुपमा, नेपालको बिभिन्न स्थानमा आउदा प्राय थकाली खाना नै रोज्छन् रे । २ बर्ष अगाडि चलचित्र नायीका रेखा थापा सुटिङमा जोमसोम आउदा थकाली खानालाई स्वादिष्ट आत्मीय खानाको उपमा दिएकी थिइन । उनले मुस्ताङ बसुन्जेल थकाली खानाखाएको जोमसोमको पुथाङ एयरपोर्टमा रहेको होटल ओम्सहोममा बताउनुभएको थियो । चलचित्र निर्देशकहरुले अभिनेत्री रेखा थापाको अभिनय खुब मनपराए पछि थकाली खाना जस्तै भन्ने गरेको सुटिङस्पटमा सुन्न पाइन्छ । ‘हामी नेपालीको मुखमा झुन्डिइ रहने मीठो स्वाद भएको थकाली खाना जस्तै रेखा थापाको अभिनय पनि मीठो’ भनेर टिप्पणी पटक पटक सुन्न पाइएको थियो । मुस्ताङको झल्को दिने गरी गोष्ठी, सभा, पारिवारिक देखि शैक्षिक भ्रमण, हनिमुन मनाउने जोडी देखि भिआईपि, नेता सम्म थकाली खाना खान भुतुक्कै हुन्छन् । केहि बर्ष अगाडि आफूलाई असाध्यै मन पर्ने भएकोले थकाली खाना खान नेपाल आएको अभिव्यक्ति बलिउड अभिनेता गोविन्दाले दिएको बिभिन्न संचारमाध्यमले बताएका थिए । नेपालमै ससुराली भएर अन्य स्टारको तुलनामा आवतजावत बढी गर्ने गोविन्दा चलचित्रको छायांकन र अन्य सिलसिलामा पनि नेपाल आएको बेला उनले थकाली खाना खान र परिवारसग घुम्ने उेश्यले नै नेपाल आएको बताएका थिए ।
‘मिठो बोलिबचन, तताएको ध्यु, सफा भान्छा, दाल, अचार र फापरको ढिडोको स्वादले गर्दा आफूलाई थकाली भान्छाले तानेको छ ।’ खानपिनको लागि थकाली भान्छा ब्राण्ड नै बनेपछि तराई, पहाड देखि भारतको बोर्डर हुदै समुद्रपारीसम्म थकाली खानाको व्यापार फैलिएको छ ।
हिमाली जिल्ला मुस्ताङमा बस्दै आएका तामाङीहरुको लवज मै बोलीचाली गर्ने थकालीहरु चिसो छल्न हिउदमा पहाड, तराई तिर व्यापारको लागि झर्ने पुरानो परम्परा अहिले पनि केहिमात्रामा जारी छ । जाडो छल्न हिडेकाहरुले क्रमश पहाडी क्षेत्रका पदयात्रामार्ग, राजमार्ग छेउ र सहर वस्तीमा थकाली खानाको स्वाद फैलाएको इतिहास छ । कुनै समय खानाको लागि प्रसिद्ध मुग्लिङ जक्सनले यो खानाको विस्तारमा महत्वपुर्ण योगदान गरेको छ । पोखरा लेकसाईडको गौरीघाट भित्रिबाटोमा रहेको माइलीको होटलमा पार्किङ गर्ने ठाउ छैन तर खाना खानेको धुइचो नै हुने गर्छ । जिबिस मुस्ताङका पुर्व जिबिस सभापति निर्मल गौचनले अमेरीकामा थकाली रेष्टुरेष्ट चलाए जस्तै अमेरीका, जापान, जर्मन, स्पेन, स्विजरल्याण्ड, बेल्जियम, थाईल्याण्ड लगायतका धेरै देशमा थकाली रेष्टुरेष्ट छन ।
प्राय थकाली भान्छा पुग्दा मुस्ताङका बस्तिमा पुगेको झझल्को हुन्छ । चाङ मिलाएर राखिएका दाउरा, भेडा च्याग्राको सिङ, टन्न भाडाकुडाले सजाईएको दराज, काठको सिलीङ, काठकै भुइ, ओछ्याउने चकटी, भान्छाका खोपी, थकाली रेष्टुरेष्टमा र छतको डिलमा चाग मिलाएर राखिएका दाउरा मुस्ताङमा देख्न पाइन्छ । यो झल्को थकालीखाना पाइने अधिकासं ठाउमा बनाएको देखिन्छ ।
थकाली भान्छा भनेपछि भुतुक्कै हुने नेपालीको सङख्या बढ्दो छ । थकाली खाना नेपालमा मात्र प्रशिद्ध छैन, बिश्वमै थकाली खानाको छुटै पहिचान बन्दै गएको छ । नेपालका हरेक शहरमा थकाली शब्द राखेर रेष्टुरेण्ट खोल्नुको कारण पनि थकाली खानामा रहेको छुटै बिशेषता, चिटिक्क परेको सफा भान्छा, स्वादिलो परिकार र व्यावसायिकता भन्दा बढी आत्मीय बोलिबचन नै हो ।
नेवारी रेष्टुरेष्ट तथा मारवाडी भोजनालयमा समेत थकाली सेट पाइन्छ भनेर लेखेको देख्न पाउनु थकाली खानाले नेवारी तथा मारवाडी खानालाई माथ गरेको सहजै अनुमान गर्न सकिन्छ । पछिल्लो समय थकाली बाहेक अन्य जात जातीले समेत थकाली शब्द जोडेर होटल तथा रेष्टुरेन्ट खोल्ने गरेका छन । नाम चलेका अन्तर्राष्टीय ब्राण्डहरु म्याकडोनाल्ड, के.एफ.सी. देखि पिज्जाहट सम्मका परिकारहरु, पूवि एशिया, चीन र यूरोपमा चाख्न र त्यसको स्वाद लिन पाइए जस्तै थाइल्यान्डको चाउचाउ र तोमयाङ सुप, चिनीयाहरुको स्टीम ब्रेड, सुप अनि सादा र बास्नादार जेस्मीन चिया, स्वीसहरुको चीजकेक, उत्तर भारतीयहरुको चपाती, दक्षिण भारतको इडली, साम्बर र डोसा यस्ता केही मौलिक खानेकुराहरु जस्तै थकाली सेट नेपाली मौलिकता झल्कने खानाका रुपमा परिचित हुदैछ ।