एशिया कप टी–२० क्रिकेट फाइनल : आज भारत र पाकिस्तान खेल्दै

5
views

काठमाण्डौ, १२, असोज । एशिया कप टी–२० क्रिकेटको उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दैछन् । यो खेल नेपाली समयानुसार दुबईमा बेलुकी सवा आठ बजे शुरू हुनेछ । भारत सुपर–४ को शीर्ष स्थानमा र पाकिस्तान दोश्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दुई पटक खेल भएको छ । दुवै खेलमा भारत विजयी भएको छ ।

भारत र पाकिस्तान एशिया कप इतिहासमा पहिलो पटक फाइनल खेल्न लागेका हुन् । एशिया कपमा यसअघि भारत र पाकिस्तान खेलेका थिएनन् । भारतले आठ पटक एशिया कपको उपाधि जितेको छ ।