स्याङ्जाबाट स्वाइन फ्लूको संक्रमण बढ्दै स्वाइन फ्लूबाट ६ को मृत्यु, पोखराका मात्रै ३ जना

613
views

पोखरा २०, साउन  पोखराका ३ जनाको स्वाइन फ्लूको संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुने तीनै जना पोखराबाट थप उपचारका लागि काठमाडौंमा रिफर गरिएका बिरामी हुन्। रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, श्वास र्फेन गाह्रो हुने भएर पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना भएका थिए।
गण्डकी मेडिकल कलेज पोखराले थप उपचारका लागि काठमाडौंको ग्रान्डी इन्टरनेसनलमा रिफर गरेका २ बिरामीको स्वाइन फ्लूबाट मृत्यु भएको पुष्टि भएको छ। एक जना काठमाडौंको ग्रिनसिटी अस्पतालको आइसियुमा मृत्यु भएको हो।
केही दिनअघि ग्रान्डी अस्प्तालमा पोखरा मझेरीपाटनका लोचन विकको मृत्यु भएको थियो भने बुधबार पोखरा–१५ की एक महिलाको ग्रान्डीमै र हिमाली टोल घारीपाटनकी ३६ वर्षीय एक महिलाको काठमाडौं शिक्षण अस्पतालमा मृत्यु भएको हो
मृत्यु हुने २ को डिटेल आइनसकेको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले जानकारी दिए। ‘स्वाइन फ्लूबाट मुत्यु हुने ६ मध्ये कास्कीका ३ जना छन्,’ बरालले भने, ‘संक्रमणबाट सतर्क रहनका लागि विशेष कार्यक्रम ल्याउनेबारे महानगरका मेयर मानबहादुर जिसीसँग सल्लाह भएको छ। हामीले स्वास्थ्य संस्था र सर्वसाधारणलाई पनि सतर्कता आपनाउन आग्रह गरेका छौं।’
एक साताअघि काठमाडौँमै स्वाइन फ्लुका कारण शिक्षण अस्पतालमा दुई र ग्रान्डी इन्टरनेसनल अस्पतालमा एक जनाको मृत्यु भइसकेको छ । ८३ जनालाई स्वाइन फ्लुको पुष्टि भएको र त्यसमध्ये ६ जनाको मृत्यु भइसकेको छ।
स्वाइनफ्लु देखिएपछि महानगरमा चार स्वास्थ्यकर्मी खटाएर सचेतनामुलक कार्यक्रम गर्न थालिएको छ । रुघाखोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, नाकबाट सिंगान आइरहने भएमा सचेतना अपनाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।
पोखराका विभिन्न अस्पतालमा भाइरलका बिरामी बढ्नु, स्याङ्जामा पनि स्वाइन फ्लू देखिएको र त्यहाँका बिरामीसमेत पोखरामा उपचार गराउन आउने भएकाले अझ बढी सतर्क रहनुपर्ने बरालको बताए। मौसम परिवर्तन हुने समयसमेत भएकाले रुघाखोकी, ज्वरो, टाउको टुख्ने लगायतका बिरामी अहिले पोखराका विभिन्न अस्पतालमा बढिरहेका छन्।

अहिले क्षेत्रीय प्रयोगशला पोखरामा परीक्षणका लागि आउने बिरामी समेत बढेका छन्। अहिले दैनिक २० जनाको हाराहारीमा इन्फ्लुएन्जा ‘ए’ र इनफ्लुएन्जा ‘बी’ परीक्षण हुने गरेको क्षेत्रीय प्रयोगशालाका प्राविधिक विष्णुप्रसाद घिमिरेले जानकारी दिए।

स्याङ्जाबाट स्वाइन फ्लूको संक्रमण बढ्दै गएको आशंशमा वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा संकलन गरिएको रगत परीक्षण गर्दा ६ जनामा
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछाने नेतृत्व टोलीले वालिङ आसपासका विभिन्न क्षेत्रका १९ जनाको रगतको नमुना र २० जनाको घाँटी ९थ्रोट स्वाब० को नमुना संकलन गरेको हो। ती नमुना काठमाडौंमा परीक्षण गर्दा ५ जनामा इन्फ्लुएन्जा ‘ए’ एचवनएनवन र १ जनामा इनफ्लुएन्जा ‘बी’ भेटिएको थियो।