राष्ट्रपति रनिङ शिल्डको उपाधि जनता विद्यालयलाई

906
views

पाल्पा- नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनता माध्यामिक विद्यालयले प्राप्त गरेको छ। तीन सय २० मेडलका लागि खेलमा ७१ विद्यालयलाई पछाडि पार्दै जनता विद्यालयले उपाधि हात पारेको हो।

जनता विद्यालय तानसेनले चार स्वर्णसहित एक सय ४३ अंक ल्याएर जिल्ला स्तरीय खेलमा उपाधि हात पार्‍र्यो। खेलमा ६ स्वर्णसहित एक सय २४ अंक प्राप्त गरेर शारदा मावि मदनपोखरा द्धितीय भयो।