पर्वतमा पदम गिरी तेस्रो पटक प्रतिस्पर्धामा उत्रिने

6
views

पर्वत, ४, माघ । नेकपा एमालेले गण्डकी प्रदेशमा उम्मेदवार छनौट गरेसँगै एमालेबाट पर्वतमा नेता पदम गिरीले नै टिकट हात पारेका छन् ।

पर्वतमा पुराना नेतालाई विस्थापित गर्दै कांग्रेस नेता अर्जुन जोशीलाई पराजित गरेर संसद छिरेका पदमलाई अध्यक्ष ओलीले तेस्रो पटक उम्मेदवार छनौट गरेका हुन् ।

२०७४ सालमा पहिलो पटक टिकट हात पारेका गिरीले तत्कालीन नेकपाबाट जोशीलाई हराएका थिए भने २०७९ मंसिरमा एक्लैले गठबन्धनका जोशीलाई दोस्रोपटक हराएका थिए । गिरी मन्त्रीदेखि एमालेको प्रमुख सचेतक समेत भएका हुन् ।

पदमसँग नेपाली कम्युनिष्ट पार्टी नेकपाका युवा नेता उम्मेदवार मनोहरी तिमिल्सिनाले प्रतिस्पर्धा गर्नेछन् । उनी संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा काम गरेका थिए ।