चेल्सी हार्नु मेरो गल्ती स् कोन्टे

869
views

लण्डन, वैशाख ४ । चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले आइतबार चिर प्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडँग हार बेहोर्नुमा आफू जिम्मेवार भएको बताएका छन् ।
लण्डन क्लब आइतबार राती ओल्ड ट्राफोडमा २–० ले पराजित भएको थियो । युनाइटेडको जीतमा माकर्स रासफोर्ड र आन्द्रे हरेराले एक–एक गोल गरे ।
पराजयसँगै प्रिमियर लिगको उपाधि होड पुनः रोमाञ्चक बनेको छ । मार्चमा शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको चेल्सी अब ४ अंकले मात्र अघि रहेको छ ।

३२ खेलपछि चेल्सीको ७५ अंक रहेको छ ।
‘हामीले राम्रो खेल खेलेनौँ । युनाइटेड जितको हकदार थियो,’ कोन्टेले भने, ‘उनीहरुले जितका लागि हामीभन्दा बढी इच्छा र प्रेरणा देखाए । त्यस कारण गल्ती प्रशिक्षकको हो ।’
‘यसको अर्थ प्रशिक्षकले जीतका लागि आफ्नो टोलीमा सही एकाग्रता, इच्छा र लक्ष्य दिन सकेनन्,’ उनले थपे ।
उता, टोटनहम स्पर्सले लगातार सात खेल जित्दै चेल्सीमाथि दबाब राखेको छ । चेल्सी भने पछिल्ला चार मध्ये दुई खेलमा पराजित भएको छ ।
‘हामीले उपाधि जित्नका लागि चाँडै सही महत्वकांक्षा जगाउनुछ,’ इटालियन प्रशिक्षकले भने ।
चेल्सीले शनिबार वेम्बलीमा एफए कप सेमिफाइनल खेलमा स्पर्सको सामना गर्दैछ ।