फेसबुक तथा म्यासेन्जर प्रयोगकर्ता १ अर्ब २० करोड

1375
views

सोमबार, ०४ बैशाख
वासिङ्गटन– फेसबुक तथा म्यासेन्जरका प्रयोगकर्ताहरुको संख्या बढेर १ अर्ब २० करोड पुगेको फेसबुक कम्पनीले जनाएको छ । ‘हामीसँग प्रत्येक महिना सक्रिय रुपमा फेसबुक तथा म्यासेन्जर प्रयोगकर्ताहरुको संख्या बढेर १ अर्ब २० करोड पुगेको छ,’ फेसबुक सेवाका प्रमुख डेभिडमर्केलले भने गत वर्षको जुलाईमा कम्पनीले गरेको एक अनुसन्धानले फेसबुक म्यासेन्जरको प्रयोगकर्ताको संख्या १ अर्ब पुगेको देखाएको थियो । यो संख्या बढेर १ अर्ब २० करोड नाघेको कम्पनीले जनाएको हो । फेसबुकका प्रमुख एपहरु चलाउने प्रयोगकर्ताको संख्या भने १ अर्व ७४ करोड पुगेको छ । फेसबुकको अर्को एप ह्वाट्सएप प्रयोगकर्ताको संख्या पनि १ अर्बभन्दा बढी पुगेको छ । त्यसैगरी फोटो सेयरिङ एपको प्रयोगकर्ताको संख्या ६० करोडभन्दा बढी रहेको छ ।