युवा नेता पौडेल चुनावी मैदानमा

823
views

नवदृष्टि संवाददाता
नुवाकोट, ६, बैशाख । नुवाकोट जिल्लाका प्रभावशाली नेता र काङ्ग्रेसको गढको रुपमा चिनिएको सुर्यगढी गाउँपालिकाको अध्यक्षमा क्षेत्र न २ का सचिव रामजी पौडेल चुनावी मैदानमा उत्रिनुभएको छ ।
नेपाल बिद्यार्थी संघबाट काङ्ग्रेसको राजनीति सक्रिय पौडेल काँग्रेसको गाउँ इकाइ देखि क्षेत्रीय राजनीतिमा पोख्त हुनुभईसकेको छ । सुर्यगडी गाउँपालिकाको सबै वडा बाट अध्यक्षको लागि उहाँको सिफारीश भएको छ । सामाजीक संघ संस्थामा आबद्ध रहेर समाजसेवामा समर्पित पौडेल नेपाल रेड्क्रस सोसाइटी नुवाकोटको जिल्ला सदस्य समेत रहनुभएको छ ।
नुवाकोटको सुर्यगढी गाउपालीका लाई जिल्ला कै मात्रै न भएर देश कै उत्कृष्ट गाउँपालिका बनाउने खाका निर्माणको साथै सुर्यगडी गाऊँपालिकाको २० बर्षेखाका लिएर चुनावी मैदान उत्रिने उद्घोष गर्नुभएका पौडेल युवा साथमा लोकप्रिय मानिन्छन् ।
स्थानीय निकायमा युवाहरुको भूमिकाको बहस गर्ने उहाँ प्रखर एवं जुझारु नेता हुनुहुन्छ । उमेरले ३० लाग्नुभएका पौडेल साबिक हल्देकालीका निवासी हुनुहुन्छ । राजधानी जाडिएको सुर्यगढी पर्यटकीय र ऐतिहासिक क्षेत्र भएकोले आर्थिक समृद्धिको लागि नेपाली काङ्ग्रेसले सजत्नुपर्ने दाबी गर्दै आईरहेको बेला रामजी पौडेललाई टिकट दिनु उचित हुने नेपाली काँग्रेसले सुर्यगढीले जनाएको छ ।