गोबध जेलदेखी खानेपानी सम्म बञ्चितीमा दलित समुदाय

1780
views

संजय रेग्मी
पर्वत, ६, वैशाख । हालैका बर्षमा दलित समुदायमाथि अनावश्यक समस्याहरु आईपरेका छन् । अदालत देखी बाहुन समाजले दलित समुदायलाई तिरस्कार गर्दै आएका छन् । पर्वतको धाईरिङमा मरेको गोरु खाएको नाउँमा पाँच जना दलित समुदायका युवाहरुले झुट्टा मुद्दामा पूर्पक्षका लागि कारागार बस्नुपरेको छ भने जिल्लाको फलेवास नगरपालिका–५ खानीगाउँका ४५ घरधूरी दलित समुदाय खानेपानीको सुबिधाबाट बञ्चितीमा परेका छन् । गोबध काण्डमा सिनोगोरु खाएका दलितहरुले जेल जीवन विताईरहनु परेको घटना बाहिरिन नपाउँदै खानीगाउँको दलित समुदायको पानी बञ्चिती घटना बाहिरिएको हो । खानोपानी उपभोक्ता समितिले दलित समुदायलाई महशुल तिर्न नसकेको आरोप लगाउँदै पानीको सुबिधाबाट बञ्चित गराएको स्थानीयबासीले बताएका छन । फलेवास वृहत वोर्ड स्तरीय खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिर्घनारायण कुँवरलाई सो आरोप लगाइएको छ ।
स्थानीय यामवहादुर परियारका अनुसार“पैसा तिर्न सक्दैनन भन्ने वाहनामा खानेपानीमा रोक लगाइएको बताइएको छ । परियार भन्नुहुन्छ ‘ हाम्रै घर पछाडीबाट खानेपानीको पाईप विस्तार गरेको भएपनि हामी बञ्चितिमा परेका छौं । पीडित पक्षले फलेवास नगरपालिका, जिल्ला समन्वय समिति र जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा उजुरी गर्ने तयारी गरेको जनाइएको छ । खानेपानी उपभोक्ता समितीका अध्यक्ष कुँवरले दलित समुदाय मात्रै नभई सबैले महसुल तिनुृपर्ने नियम रहेको बताउनुभएको छ । कुँवर भन्नुहुन्छ समितिको निणृयलाई सबैले पालना गर्नुपर्दछ भन्ने मान्यता समतिको हो तर बञ्चिति भन्ने होईन् । कुँवर भन्नुहुन्छ उहाँहरुसँग उपभोगको विषयमा साधिएको भएपनि पैसा तिर्न नसक्ने जवाफ आएपछि समस्या उल्झिन गएको छ ।’
संवैधानिक कानुनअनुसारछुवाछुत विरुद्धको हक, समानताको हक, सार्वजनिक सभा सम्मेलन र सार्वजनिक स्थान समान ढंगले उपभोग गर्न पाउने कानुनी अधिकारबाट समाजमा बञ्चित गरिदै आइएको र अझैपनि दलित समुदायमाथि माथिल्लो वर्गले हेर्ने दृष्टिकोण पश्चगामी रहेको कानुनविदहरुको धारणा छ ।