जिल्ला प्राविधिक कार्यालयमा क्षति ग्रस्त

749
views

नवदृष्टि संवाददाता संखुवासभा, ७, वैशाख । बुधबार राति चलेको हावाहुरीले जिल्ला प्राविधिक कार्यालयमा क्षति पुर्याएको छ । पानीसँगै परेको हावाहुरीले कार्यालयको छानो उडाएपछि महत्वपूर्ण कागजातहरुमा ठूलो क्षति पु¥याएको छ । कार्यालयका लेखापाल केशव पोखरेलका अनुसार कार्यालयको छाना उडाएपछि कम्प्युटर, प्रिन्टर र स्क्यानरमा पूर्णरुपमा क्षति भएको बताएका छन् ।
कार्यालयमा पानी पसेपछि प्रशासन र लेखा फाँटमा रहेको काजगात भिजेर काम नलाग्ने भएको कार्यालयका लेखापाल केशव पोखरेले बताए । लेखा फाँटमा भित्ता झरेर काजगात पुरिएको र लेखासम्बन्धी कागजात पुरै नष्ट भएको अनुमान गरिएको छ । पोखरेलका अनुसार हावाहुरीले करिब २५ लाख बराबरको क्षति पु¥याएको छ ।
त्यस्तै,संखुवासभा अवस्थीत रेडियो संखुवासभाको हावाहुरीले सोलार प्यानलमा क्षति पारेको छ । सोलारका प्यानल हावाले उडाएर फुटेको अध्यक्ष कृष्णभगत प्रधानले बताए छन् । हावाहुरीपछि गएको बिजुली नआउँदा गुरास एफएम, सुनाखरी एफएमको प्रशारण बन्द भएको छ । हावाहुरीले जिल्लाका अन्य स्थानमा पनि क्षति पारेको हुन सक्ने प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले बताए । क्षतिको विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।