मधेसवादी पाँच दलको एकिकरणपछि ‘राष्ट्रिय जनता पार्टी’

833
views

काठमाडौं,७,बैशाख । मधेसवादी पाँच दलबीच एकीकरण भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच पाँच मधेसवादी दलहरुबीच एकता भएको घोषणा गरिएको हो । तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी पार्टी र तराई मधेस समाजवादी पार्टीबीच एकीकरण भएको हो । पाँच पार्टीबीच एकीकरण पश्चात पार्टीको नाम ‘‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ ।
चुनाव चिन्ह भने छाता रहने छ भने पार्टीको नेतृत्व पुराना पाँच दलका अध्यक्षहरुले पालैपालो गर्ने सहमति भएको छ । तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई अध्यक्ष बनाउनेमा सबै नेताहरुले सहमति जनाएपनि दोस्रो वरियतामा को रहने भन्ने विषयमा विवाद भएको थियो । दोस्रो वरियताबारे टुंगो लाग्न नसकेपछि पार्टीको नेतृत्व पाँच दलकै अध्यक्षले पालैपालो गर्ने सहमति गरिएको हो ।