काठमाडौं । भारतको महाराष्ट्रस्थित सिंधुदुर्ग जिल्लाको बिजयदुर्ग सामुद्रिक तटमा आरा जस्तो ३२ ओटा दाँत भएको दुर्लभ ‘आरेमाछा’ भेटिएको छ ।गत सोमबार स्थानीय माछा मार्ने मछुवारहरुले जाल हान्दा यस्तो प्रकारको अनौठो माछा देखेपछि बाहिर निकालेका थिए । करिव १६ फुट लामो सो माछा ७ सय किलो भएको र नाकबाट बाहिर काठ काट्ने आरा जस्तो धारिलो ३२ ओटा ठूला ठूला दाँत रहेको स्थानीयले जनाए
का छन् ।
समुद्रमा कमैमात्र पाइने यो माछाको वास्तविक नाम भने सफिस (आरामाछा) तथा ‘कारपेण्टर शार्क’ भनिन्छ ।
सिंधुदुर्ग जिल्ला प्रमुख उदय चौधरीका अनुसार स्थानीय मछुवा मुनीर मुजावारले गत आइतबार थापेको जालमा सफिस परेको र सोमबारमात्रै थाहा पाएर पाँच जना मिलेर झिकिएको बताए ।
स्थानीय मछुवा मुजावारले सफिस ७ सय किलोको रहेको र लामो नाकसंग जोडिएको मुखमा ३२ ओटा धारिलो दाँत भएको बताए । उनले भने–‘मैले थापेको जालमा माछाको नाक अल्झेको थियो ।’ सिंधुदुर्ग जिल्लाको दक्षिण बन्दगाहमा शार्कमाछा अवलोकनको लागि प्रसिद्ध मानिन्छ ।
सात प्रजातीमा मात्रै रहेको सफिस भारत, इरान, श्रीलंका, बगंलादेश, मलेसिया म्यानमार लगायतको देशहरु
मा कमै मात्र पाइन्छ । साथै सफिसलाई माछा संरक्षणकर्ताहरुले निकट भविष्यमै पृथ्वीबाट लोप हुने माछाको सुचीमा राखेका छन् ।
यसप्रकारको माछा भारतमा विक्रीबितरण गर्न रोक लगाइएकोले महंगो रकममा तस्करी हुने गरेको
छ । नियमानुसार ७० प्रतिशत माछालाई जहाँबाट समातिएको हो त्यहिं छोड्नुपर्छ अन्यथा सरकारकोे संरक्षणमा राख्नुपर्छ ।