अलपत्र बन्दै सांसद लम्सालको पाडापाडी संरक्षण केन्द्र

लम्सालको आयोजनाले स्थानीयका लगानी समेत ढुवायो

2239
views

महेन्द्र जिसी, पर्वत ।

एक वर्ष अघि शुरुवात गरिएको पर्वतको पहिलो पाठापाठी संरक्षण केन्द्र अलपत्र परेको छ । जिल्लाको खानीगाउँमा स्थापना गरीएको लिमिकोटे र पारकोटे जातका भैसीका पाडापाडी संरक्षण तथा स्रोत केन्द्र अलपत्र परेको हो ।
क्षेत्र न २ का एमाले सभाषद् विकास लम्सालनको गत वर्षको महत्वकांक्षी योजना अन्तर्गत शुरु गरेको केन्द्र अहिले उपयोग विहिन बनेको छ ।

सांसद विकास कोषको चार लाख, जिल्ला पशु सेवा कार्यालयलको दुई लाख र स्थानीयहरुको दुई लाख गरी आठ लाखमा सञ्चालित पाडापाडी केन्द्र अहीले रितीएको हो । स्थानीयका अनुसार आवश्यक संरक्षण नहुँदा र संसदका भाई बन्धुमा आयोजना केन्द्रीत बन्दा आयोजनाको गोठ र लगानी अलपत्र बनेको हो । स्थानीय लगानी कर्ता खडकप्रसाद लामीछानेका अनुसार तत्कालीन समयमा दुई दर्जन सम्म पाडा पाडी राखीएकोमा केन्द्रमा स्याहार सुसार नभएपछि धमाधम पाडा मर्न थालेसँगै गोठ रितीएको हो ।
स्थानीयका अनुसार लगानी पनि उठ्न नपाई गोठ खाली राखीएको छ । स्थानीयले पाडापाडी केन्द्र रितीएपछि लगानी ढुवेको बताएका छन । उनिहरुले संसदको सल्लाह र सुझावमा लगानी गरीएको प्रति चिन्ता व्यक्त गरेका हुन । २०७२ असारमा शुरु गरिएको आयोजना नौ महीना पछि बन्द भएको हो ।


अहीले केन्द्रमा एक गोठ र लगाइएको घाँस अलपत्र अवस्थामा रहेको छ । संसदले जनताको आवश्यकता अनुसार विकास गर्नुपर्ने खर्चले जनताकै पैसा दुरुपयोग भएकोमा स्थानीयहरु आक्रोशित बनेका छन । अघिल्लो वर्ष पनि क्षेत्र नं. २ मा संसद विकास कोषको बजेट जिल्ला भुसंरक्षण कार्यालयल पर्वतका नर्सरी स्थापना कार्यक्रममा डुब्लिकेशन भएको थियो ।