खोजिरहेको छ वेलकोट, पाण्डेलाई दिन प्रत्येकले भोट साच्चै नदिने नै हो त पार्टीले टिकट ?

835
views

नुवाकोट, १२ बैशाख । नुवाकोट वेलकोटगढी नगरपालिका १३ मदानपुरका रमेश पाण्डे एक जुझारु युवा नेता हुन् । नेपाली काँग्रेसको क्रान्तिकारी राजनीति उठान गर्ने उनले यतिबेला नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ मदानपुर सर्र्वसहमत बनाउने योजनामा रहेका छन् ।
पाण्डेले पहिलो प्राथमिकता सबै दलको सर्वसहमति जुटाउने, सर्वसहमति नजुटे चुनाव मार्फत अत्यधिक बहुमतले विजय हुने उद्घोष गरेका छन् । आगामी ५ बर्षभित्र ‘एकघर एक स्वरोजगार’ बनाउने उद्घोष सहित चुनावी मैदानमा भिड्ने तयारी गरिरहेका उनलाई अझै उम्मेदवारीको टुङ्गो लागिनसकेको काँग्रेस निकट स्रोतले जानकारी दिएको छ ।
वेरोजगारी समस्याले विदेश गएका युवालाई बेलकोट गाउँ फर्क अभियान चलाउने, गुणस्तरिय शिक्षा र स्वास्थ्यको प्रबन्ध मिलाउंने, कृषकहरुलाई नगदेबाली तर्फ उन्मुख गराउने, भुकम्पपीडितलाई घर बनाउंन दिने अनुदानलाई एकमुष्ट उपलब्ध गराउने प्रतिवद्धता सहित पाण्डेले उम्मेदवारी दाबी गरेका हुन ।
वेलकोटगढी वडा नं १३ लाई आर्थिक रुपमा नमुना वडा बनाउने स्पष्ट धारणा सहित अगाडी बढेका उनी वेलकोटवासीको घरदैलोमा पुगेका छन् । समाज सेवामा लागि परेका पाण्डेले बेलकोटगढि नगरपालिका वडा न १३ को वडाध्यक्षमा आफुले उम्मेदवार पाउनुपर्ने दाबी गरेका हुन् । नेपाली काँग्रेस मदानपुर गाउँ अबिधेशनबाट निर्वाचित क्षेत्रिय प्रतिनीध भएका उनी नेपाली काँग्रेसका विभिन्न भातृ संगठनमा आवद्ध रहेर समाजसेवामा समर्पित बन्दै आएका हुन् ।
राजधानीको छत्रछायाँमा रहँदा पनि विकास निर्माणका दृष्टिले पछाडी परेका बेला सहि नेतृत्व चयन गर्न असल उम्मेदवारी खोजिरहेको छ वेलकोट, पाण्डेलाई दिन प्रत्येकले भोट । साच्चै नदिने नै हो त पार्टीले टिकट ?