चिन र युक्रेनले सहकार्य गर्दै

649
views


किभः
युक्रेनी राष्ट्रपति पेत्रो पोरोसेन्कोले आफूले चीनसँग सम्पूर्ण क्षेत्रमा सहकार्य गर्न चाहेको मंगलबार बताएका छन् । ‘हामी किभ र बेइजिङबीच सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत पार्न इच्छुक छौँ’, राष्ट्रपति पोरोसेन्कोले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
रूससँग सम्बन्ध बिग्रिएको युक्रेनले चीनसँग नजिकिन खोजिनुलाई अनौठो मानिएको छ । युरोपेली युनियनमा प्रवेश गरेर पश्चिमा शक्तिको समर्थक बनेको युक्रेन चीनको निकट बन्नुले युरोपमा परिवर्तनको संकेत बढेको छ । चीन- युक्रेनी सांस्कृतिक आदान प्रदान कार्यक्रमका अवसरमा युक्रेन चीनसँगको सम्बन्धलाई थप मजबुत पार्न आफू चीनसँग सहकार्य गर्न तयार रहेको पोरोसेन्कोले बताए । उनले ‘वन वेल्ट वन रोड’का सम्बन्धमा छलफल हुने कार्यक्रममा आफ्नी धर्मपत्नी सहभागी हुन लागेको उनले जानकारी दिए । पूर्वीय र पश्चिमा मुलुकबीच सांस्कृतिक सम्बन्धका विषयमा छलफल हुनु आवश्यक रहेको उनको कथन थियो । पोरोसेन्कोले ‘वन वेल्ट वन रोड’ विश्वको दिगो विकास, लक्ष्य तथा शान्ति र स्वतन्त्रताका लागि आवश्यक भएको भन्दै प्रशंसा गरेका छन् । युक्रेनी सांस्कृतिक आदानप्रदान कार्यक्रम सोमबार सुरु भएको छ भने ‘वन वेल्ट वन रोड’का लागि बेइजिङ सम्मेलन यही मे महिनाको मध्यतिर हुने कार्यक्रम छ ।