साउथ ह्याम्पटनलाई हराउँदै चेन्सी उपाधीमा बलियो बन्यो

623
views

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनलाई हराउँदै चेल्सीले उपाधी दाबेदारी झनै बलियो बनाएको छ ।
मंगलबार राती भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ४–२ ले हराएको हो । चेल्सीको जितमा डिएगो कोष्टाले दुई गोल गरे भने इडेन हाजार्ड र ग्यारी केहिलले एक–एक गोल गरे ।
साउथह्याम्पटनका लागि पूर्व चेल्सी खेलाडीहरु ओरियोल रोमेउ र रायन बट्र्रान्डले एक–एक गोल गरेका थिए ।
मंगलबाररातिको खेलपछि चेल्सी उपाधी दाबेदारीमा झनै बलियो भएको छ ।
लिगका उसको ३३ खेलबाट ७८ अंक भएको छ भने दोस्रो स्थानमा रहेको टोटनह्यामको ३२ खेलबाट ७१ अंक छ ।
यसैगरी ३४ खेलबाट ६६ अंक जोडेको तेस्रो स्थानमा रहेको छ र उसको उपाधी जित्ने सम्भावना समाप्त भइसकेको छ ।
प्रिमियर लिग फुटबलमा आज आर्सनल र लेष्टर सिटी भिड्दा मिडिल्सब्रो र सण्डरल्याण्ड तथा क्रिष्टल प्यालेस र टोटनह्याम हट्सपर भिड्नेछन् ।