देश एमालेमय बनाउने ओलीको दाबी

1322
views

नवदृष्टि संवाददाता                                                                                                                                                                      काठमाडौं, चैत २१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सहि विचारमा उभिएको र राष्ट्रहितका लागि एकमात्र पार्टी देश एमालेमय बन्दै गएको बताएका छन । उनले आगामी बैशाख १२ गते देशभरका स्थानीय तहमा निर्वाचन लड्न पर्टी तयार रहेको भन्दै सञ्चार माध्यम मार्फत विरोधी पार्टीले जस्तोसुकै होहल्ला गरेपनि एमाले पार्टी राष्ट्रको लागि बलियो पार्टी भएकोले हरेक जिल्लाको                    विवादको टुङ्गो सोही जिल्लाको पार्टी च्यानलले नै लगाउने नवदृष्टिसँगको छोटो कुराकानीमा बताएका छन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार पार्टी हेडक्वाटरको बैठक समेत बसेको थियो सो बैठकले गरेको निर्णय अनुसार चैत ३ गतेसम्म वडा सदस्य तथा अध्यक्षको जिल्ला कमिटी समक्ष सिफारिश गरिसक्नुपर्ने र बैशाख ४ गतेसम्म गाउँपालिका तथा नगरपालिकाका प्रमुख, मेयर उपमेयर लगायतको नामावली ७ गतेभित्र प्रदेशमा पठाइसक्नुपर्ने निर्णय भएको थियो ।
पार्टीबाट सिफारिश भएर आएका नामहरुलाई प्रदेशले १० गतेभित्र टुंगो लगाइसक्नु पर्ने र प्रदेशले पनि टुंगो लगाउन नसके बैशाख १२ गते स्थायी समितिको बैठक बसेर टुङ्गो लगाइने प्रचार विभाग प्रमुख योगेश भट्टराईले नवदृष्टिको सम्पर्कमा जानकारी दिएका छन ।
यसअघि चैत १० गते बसेको पार्टी स्थायी समितिको बैठकले गाउँपालिका र नगरपालिकाका वडाको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला कमिटिले गर्ने, नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्ने र उपमहानगरपालिका तथा महानगरपालिकाको उम्मेदवारको टुङ्गो सम्बन्धित जिल्ला कमिटि, प्रदेश कमिटीको सिफारिसमा केन्द्रिय कमिटीले तय गर्ने कार्यविध तय गरेको थियो ।

सबै तहको उम्मेदवारी चयन स्थानीय कमिटीकै सिफारिसमा हुने कार्यविधी तय गरिएकोले एमालेले पार्टीप्रति प्रतिवद्ध, लोकप्रिय, इमान्दार, अनुशासित र कुनै भ्रष्टाचारजन्य गतिविधिमा संलग्न नभएकाहरुलाई उम्मेदवार बनाउने मापदण्ड समेत तय गरेको छ ।