सडकमा रक्सी खाएर जिउँदो शव पल्टयाएपछि …

2123
views

नवदृष्टि संवाददाता
पर्वत, २२ चैत्र । सवारी साधन चलाउँदा मापसे चेक गर्नेहरु सडकमा रक्सीसेवन गरी जिउँदो शव पल्ट्याउँदा कार्वाही गर्न सकिरहेका छैनन ।
आज चैते दशैंको दिन नेपाल टेलिकम पर्वत नजिकै एकजना अपरिचित व्यक्ति रक्सी सेवन गरी दिनमै सडकमा पल्टिरहेका थिए । ति अपरीचित रक्सी सेवन गरी अचेत भएपनि सडकको एक छेउमा थिए । साना गाडी, मोटर साईकल तथा पैदल यात्रिहरुलाई उनले कुनै डिष्ट्रब गरिरहेका थिएनन् । सडकमा मष्त निदाएका ति अपरिचित मजदुर जस्तै देखिन्थे । ढल्किैदै गएको बिहानीको घाम र रक्सीको नसाले ति अपरिचितको निद्रा बडो अनौठोको थियो । उनलाई सवारी साधनको हर्नले समेत कुनै प्रभाव पारेको थिएन ।
समस्या रक्सी सेवन गर्नेको भन्दा त्यो निकायको हो जस्ले दुर्घटना न्युनिकरण गराउन सडकमा हुने हरेक अवरोधलाइ हटाउनु पर्दछ । समस्या त्यो निकायको हो जस्ले गरीब असाय र दीनदुःखीलाई संरक्षण गर्नेको हो ।
सवारी साधन ओहोर दोहोर गर्ने सडक छेउमा यसरी नै मानिस निदाईदिने र सवारी साधनमा समस्या आईदिने संयोग मिल्ने हो भने दुर्घटना नहोला भन्न सकिदैन । तर, सम्बन्धित निकायको ध्यान किन नगएको होला आम जनमानसमा चासोको विषय बन्ने गरेको छ ।
कतिपय सवृसाधारणहरु मापसे चेक गर्ने निकायले राजस्व बढाउने ठाउँमा दृष्टि पु¥याउने तर, दिनमै सडकमा निदाउने उपर वास्ता नगरेको आरोप लगाउँछन । कतिपयले राज्यका सम्बन्धित निकायलाई दोषारोपण गरिहेका छन । त्यतिमात्र होईन अपाङ्गता, असाह्यहरुलाई नियाल्ने निकाय पनि यस्ता घटनाहरुमा मौन रहेको देखिन्छ । कुनै स्थान वा कार्यक्रममा नेता आउँदा स्कटिङ गरी सडक जाम हटाउने निकाय सडकमा मान्छे सुतेर असर पु¥याउँदा मौन बसेको स्थानीय अर्जुन क्षेत्रीले बताए ।