उत्तर कोरियाको प्रमाणु विवाद

चिनले साथ नदिए अमेरिकाले नै हल गर्ने

1618
views

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले साथ नदिए अमेरिका एक्लैले उत्तर कोरियाको परमाणु हतियारको खतरा ‘समाधान’ गर्ने चेतावनी दिएका छन् ।
बेलायतको समाचार संस्था फाइनान्सियल टाइम्ससँगको साक्षात्कारमा उनले भने, ‘यदी चीनले उत्तर कोरियाली समस्याको समाधान नगरेमा हामी गर्छौ।’
उनलाई के चीनको साथ बिना एक्लै पनि उत्तर कोरियाको परमाणु समस्याको हल गर्छ ? भनेर सोधिएको प्रश्नको जवाफमा उनले आफूले गर्ने बताएका हुन् । ट्रम्पले उत्तर कोरियामा चीनको प्रभाव धेरै रहेको भन्दै उनले चीनले यो विषयमा सहयोग गर्ने या नगर्ने निर्णय गर्नुपर्ने बताए । उनले उत्तर कोरियामाथिको कारबाहीका लागि चीनले सहयोग गरेमा राम्रो हुने र त्यसो नभएमा कसैलाई पनि राम्रो नहुने उनको भनाई थियो ।                                                                    उत्तर कोरियामाथि अमेरिकाले एक्लै सैनिक कारबाही गर्न सक्ने आशंकाका विषयमा गरिएको प्रश्नको भने उनले जवाफ दिएनन् । उनले यसै साता चिनियाँ राष्ट्रपति शी जिनपिङसँग छलफल गर्न लागेका बेला आएको टिप्पणीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अमेरिकासम्म मार हान्न सक्ने लामो दुरीका परमाणु हतियार प्योंगयांगले विकसित गर्न सक्ने आशंकामा शक्तिराष्ट्रले दबाब सिर्जना गरिरहेका छन् । गत मार्च महिनामा दक्षिण कोरियाको भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियामाथि सैनिक कारबाही गर्न सक्ने चेतावनी दिएका थिए ।
दक्षिण कोरियाको भ्रमणलगत्तै चीन आएको अमेरिकी विदेशमन्त्री टिलरसनलाई चिनियाँ विदेशमन्त्री वाङ यीले ठन्डा दिमागले सोच्न चेतावनी दिएका थिए । उत्तर कोरियाको एकमा अन्तर्रा्ष्ट्रिय सहयोगी चीनले हालै भएका मिसाइल परीक्षणलाई लिएर कडा आलोचना गरेको थियो ।
गत फेब्रुअरीमा उत्तर कोरियाको कोइला आयातमा चीनमा रोक लगाइएको थियो । कोइलाको व्यापार नै उत्तर कोरियाको आम्दानीको सबैभन्दा बलियो स्रोत हो । उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर लामो समयदेखि राष्ट्रसंघले समेत प्रतिबन्ध लगाउँदै आएको छ ।
उत्तर कोरियाले सन् २०१६ भरी नै विभिन्न क्षेप्यास्त्र परीक्षण ग¥यो भने दुईं वटा परमाणु हतियारको समेत सफल परीक्षण गरेपछि उत्तर कोरियामाथिको प्रतिबन्धलाई थप कडा बनाइएको छ । प्योङयाङले भने आफ्नो परमाणु कार्यक्रम आत्म सुरक्षाका लागि भएको बताउँदै आएको छ ।