अस्ट्रेलियाका बुद्दिजिवीहरुलाई सहभागी जनाउन अनुरोध

1484
views

सिड्नी । नेपालमा आयोजना हुने अन्तराष्ट्रिय बौद्दिक सम्मेलनमा अस्ट्रेलियाबाट पनि उल्लेख्य सहभागिता हुने भएको छ । नेपाल राष्ट्रिय बुद्दिजिवी संगठनले संचालन गरेको राष्ट्रिय बौद्दिक सम्मेलनको अस्ट्रेलियामा चर्चा सुरु भएपछि यस्तो निर्णय भएको हो । अस्ट्रेलियामा क्रियाशील नेपाली जनप्रगतिशील मञ्चले यो सप्ताहान्तमा सिड्नीमा छलफल आयोजना गरेको थियो ।
उक्त मञ्को न्यू साउथ वेल्स शाखाका संयोजक चुन्ना क्षेत्रीले दिएको जानकारी अनुसार उक्त छलफलमा नेपालबाट आएका नेपाल राष्ट्रिय बुद्दिजिबी संगठनका केन्द्रीय सदस्य ऋषिराम शर्माले आगामी वर्ष नेपालमा हुने नेपाली बुद्दिजिवहरुको अन्तराष्ट्रिय सम्मेलनमा अस्ट्रेलियाका बुद्दिजिवीहरुलाई पनि सहभागी हुन अनुरोध गरेका थिए । कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्चका प्रमुख सल्लाहकार शेषमणि शर्माले देशको बिकासमा बुद्दिजिवीहरुको महत्वपूर्ण योगदान हुने भन्दै आफूहरुले अस्ट्रेलियाबाट पनि योगदान गर्न अपिल गर्ने बताएका थिए । नेपाल बुद्दिजिवी संगठनले नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियालाई पठाएको औपचारिक पत्र केन्द्रीय सदस्य शर्माले उपाध्यक्ष हिमलाल गैरेलाई हस्तान्तरण गरेका थिए ।पत्र बुझ्दै उनले अस्ट्रेलियाबाट आगामी वर्ष हुने कार्यक्रम लाई सहयोग हुने बताए । कार्यक्रममा अखिल क्रान्तिकारीका सचिव दीपक पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता ढकाल, नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाका सस्थापकहरु झलक ढुंगाना, प्रविन कंडेल लगायतके उपस्थिति थियो ।