त्रिवेणीमा राष्ट्रिय जनमोर्चाको चहलपहल बढ्यो

फलामको चिउरा चपाउने संघियताबारे प्रशिक्षण

1607
views

शुसिल भुजेल 
पर्वत, २७, चैत्र । चुनावी सर्गर्मी बढेसँगै राष्ट्रिय जनमोर्चाले पैञ्यूँ गाउँपालिकामा आफ्नो चहलपहल बढाएको छ । जनमोर्चाले त्रिवेणीमा गाउँपालिकाको भेला गरेको छ । भेलालाई संबोधन गर्दै राष्ट्रिय जनमोर्चाका सांसद मिना पुनले संघियताका कारण मुलुकमा अस्थिरता छाएको र राष्ट्रिय अखण्डतामा समेत आँच पुगेको हुँदा संघियतामा जाने निर्णयमा पूर्नविचार गर्नुपर्ने कुरामा जोड दिनुभयो । पुनले प्रजातान्त्रिक विकेन्द्रिकरण र स्थानिय शासन सहितको एकात्मक शासन प्रणालीले मात्र राष्ट्रियता बलियो हुने र जातजाती भाषा क्षेत्र सबैको समस्या समाधान गर्ने कुरामा जोड दिदै जनतालाई संघियता फलामको चिउरा चपाएजस्तो भएको बताउनुभयो । सो अवसरमा राष्ट्रिय जनमोर्चा पर्वतले धनपति न्यौपानेको अध्यक्षतामा को १३ सदस्यिय संगठन गठन गरेको छ । जसको उपाध्यक्षमा भिम वहादुर थापा, सचिवमा रन्नता वस्याल, कोषाध्यक्षमा अन्जु राना,रहनुभएको छ । सदस्यहरुमा युवराज वस्याल, धनपति न्यौपाने, पिताम्वर न्यौपाने, वावुराम न्यौपाने, शिवलाल काफ्ले, मिना न्यौपाने, तारा वहादुर थापा, जितवहादुर थापा रहनुभएको छ । सम्पन्न कार्यक्रमको सञ्चालन गोपिचन्द्र बस्यालले गर्नुभएको थियो । भेलामा अखिल नेपाल ट्रेड युनियनका अध्यक्ष नारायण सापकोटा अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य इन्दिरा शर्मा साँस्कृतिक अभियानका सुमन रोका राष्ट्रिय जनमोर्चा पर्वतका अध्यक्ष गोपिन्द पौडेल लगायतले शुभकामना व्यतm गर्नुभएको थियो ।