पर्वतका तेक्वान्दो खेलाडी हिटलर थापालाई कोरियन छात्रवृत्ति

1778
views

निर्मल पौडेल
पर्वत, २९ चैत्र । विगत लामोसमय देखी खेल क्षेत्रमा आवद्ध भई सक्रिय रहदै आएका पर्वतका फलेवास नगरपालिकाका तेक्वान्दो खेलाडी गुरु हिटलर थापाले कोरियन छात्रवृत्ति पाएका छन् । तेस्रो राष्ट्रिय तेक्वान्दो क्योरुगी रेफ्रि कोर्ष तथा प्रथम राष्ट्रिय तेकवान्दो पुम्से रेफ्रि सेमिनार सात दोबाटो खेलकुद परिषदको लुम्बिनी कर्वट हलमा सम्पन्न भएको कार्यक्रममा थापा लगायत विभिन्न जिल्लाका खेलाडीले छात्र-छात्रावृत्ति पाएका हुन । राष्ट्रिय तेक्वान्दो संघको आयोजनामा सो कार्यक्रम २६ चैत सम्म काठमाण्डौमा सञ्चालन भएको  िथयाे । सो कोर्ष सेमिनारको उद्घाटन पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले गरेका थिए ।
कोर्षका लागि ग्राण्ड मास्टर चुल योङ चाई र माष्टर जेओङ हा कोरीयाबाट नेपाल आएका छन । सो सेमिनार तथा रेफ्रि कोर्षमा महिला र पूरुष गरी १ यि ५१ जनाको सहभागिता थियो । सो कोर्षका लागि ग्राण्ड माष्टर चुल योङ चाई र माष्टर जेओङ हा ले नेपालमा उत्कृष्ट १० खेलाडीलाई विशेष प्रशिक्षणका लागि छात्रवृत्ति प्रदान गरेका थिए ।
यसरी छात्राछात्रबीच प्राप्त गर्नेमा पर्वतका हिटलर थापा, अर्घाखाँचीका ऋषि मुखिया, बाँकेका गुरु बच्चन चौधरी, रोल्पाका प्रकाश घर्तिमगर, बाँकेका दल बहादुर विक, मोरङकी निता नेपाली, धनकुटाका सविन राई, काठमाण्डौका रोशन बोहोरा, चितवनका कमला केसी, ललितपुरका राजेश लामा रहेका थिए ।
साथै नेपालको तेकवान्दो खेल विकासमा महत्वपूर्ण योगदान दिएका राष्ट्रिय तेकवान्दो संघका अध्यक्ष शिव कोईराला, एकनाथ थापा, हरिबहादुर बुढाथोकी र राजकुमार कार्कीलाई कोरीयन प्रशिक्षकले सम्मान गरेका थिए ।