हेम्जामा फुटबल प्रतियोगिताको तयारी

746
views

नवदृष्टि संवाददाता
पोखरा, ३० चैत । विश्वको बहुर्चचित मानिने खेल फुटबल हेम्जामा सुरु हुने भएको छ । ‘युवा एकता र विकासकालागि खेलकुद’ भन्ने मूलनाराका साथ हेमजा युनाइटेडको आयोजनामा हुन लागेको शुभकामना कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिता यहि आउदो बैशाख १ गते देखि ७ गतेसम्म हेमजाको गौरीशंकर खेल मैदान (गैरी) मा हुँदैछ ।
कुलतमा फसेका तथा वेरोजगार युवालाई खेलकुद माध्यमबाट विकृति र विसंगति बाट जोगाई सही बाटो देखाउन टेवा पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हेमजा युनाइटेडका अध्यक्ष ईन्द्रप्रसाद त्रिपाठीले नवदृटिलाई जानकारी दिए ।
प्रतियोगिताको लागि हालसम्म १४ टिमले दर्ता गरेका छन ्। आयोजक हेमजा युनाइटेड, सहारा क्लब पोखरा, लेकसाइड एफ सी, खैरेनीटार युवा क्लब खैरेनी, स्याङजा(११ स्याङजा, सत्य युवा क्लब बाँझापाटन, संगम एफ सी, गार्डेन एफसी, नवआदर्श युवा क्लब लामाचौर, रत्न मेमोरेल फुटबल क्लब लामाचौर, इन्द्रेणी एकीकृत विकास केन्द्र टँुडिखेल, विष्णुपादुका क्लब हेमजा, एल जि एशोसिएसन, हाम्रो हिमशिखर क्लब फेदीखोला स्याङ्जाले दर्ता गरिसकेका छन् ।
यस वर्ष प्रतियोगितामा पुरस्कार राशी वृद्धि गरिएको छ । प्रथमलाई एक लाख ५० हजार, दोस्रोलाई ७५ हजार साथमा कप, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष त्रिपाठीले जानकारी दिए ।
सवोर्कृष्ट खेलाडीलाई पाँच हजार दिइनेछ भने उत्कृष्ट गोलकिपर, डिफेन्स, मिड फिल्डर, फरवार्ड, सर्वा्धिक गोलकर्ता र प्रशिक्षकलाई जनही दुई हजार पाँच सय साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने संस्थाका सचिव खिमलाल तिमिल्सिनाले जानकारी दिए ।
अनुशासित टिमलाई आठ हजार साथमा ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ। प्रत्येक खेलका म्यान अफ दि म्याचलाई आकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा एन्फामा आवद्ध क्लब र विभागीय टिममात्रै सहभागी जनाउन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । जिल्ला बाहिरका टिमलाई आतेजाते भाडा तथा टिम दर्तामा पैसा तिर्नु नपर्ने व्यवस्था गरिएको कोषाध्यक्ष इन्द्रबहादुर कुँवरले जानकारी दिए ।
प्रतियोगिताबाट १६ लाख ६३ हजार आम्दानी हुने र १४ लाख ६० हजार खर्च हुने अनुमान गरिएको अर्थ संकलन उपसमिति संयोजक मनोजकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजकमा हेमजा युनाइटेड अमेरिका, अष्ट्रेलिया, युके, जापान, दुर्वई, कतार, कोरिया रहेका छन् ।
प्रतियोगिताको सहप्रायोजक चिरञ्जीवि अधिकारी, प्रथम पुरस्कार सन्तोष किराना स्टोर्स, दोस्रो पुरस्कार सरल हार्डवयर्रर्स एण्ड सप्लायर्स, प्रायोजकमा शक्तिमान सिमेण्ट, जनता हार्डवयर र पोले-२५, शक्तिमान गोल्ड सिमन्ट, कुँवर हार्डवयर्रर्स पोले(१, सुप्रिम सिमन्ट प्राली, पञ्चासे हार्डवयर्स लेकसाइड रहेका छन ।
गौरीशंकर खेल मैदान (गैरी) लाई व्यवस्थित खेल मैदान बनाउन संस्थाले पहलसमेत गरेको छ ।
खेल मैदानमा नै बन्न लागेको हेमजा युनाइटेडको भवन निर्माणमा विभिन्न व्यक्ति तथा संस्थाको सहयोग आउने क्रम जारी छ । क्लबका अध्यक्ष त्रिपाठीले अधिकारीको सहयोगप्रति आभार प्रकट गर्दै निर्वाचनमा अधिकारीलाई सहयोग गर्न आग्रह गरे। संस्थाले खेलकुदसहित सामाजिक, सांस्कृतिक, कृषि, शिक्षा क्षेत्रमा पनि काम गर्दै आएको छ ।