तामाङ सोसाइटी अफ अमेरिकाको सम्मेलन हुने

1365
views

अमेरिका । गत जनवरी २७ मा बसेको सोसाइटीको बैठकले सम्मेलन गर्ने निर्णय गरेको थियो । सम्मेलन गर्न सोसाइटीले अध्यक्ष शान्तबाबु थोकरको नेतृत्वको तदर्थ समिति बनाएको छ ।

समितिले सम्मेलनलाई सफल बनाउन तयारी तीव्र पारेको छ । तीन दिने सम्मेलनको कार्यसूचीसमेत सार्वजनिक भएको छ ।

जसअनुसार, पहिलो दिन उद्घाटन सत्रमा उत्तर अमेरिका तमाङ संस्थाको विषयमा छलफल गरिनेछ भने तमाङ भाषा, धर्म र संस्कृतिको विषययमा विज्ञहरुबीच छलफल चलाइनेछ ।

दोस्रो दिन नयाँ कार्यसमिति चयन गरिने कार्यक्रम तय गरिएको सोसाइटीका अध्यक्ष थोकरले जानकारी दिए ।