काठमाडौं गोल्डेन्सको हार

678
views

कैलाली, १, बैशाख । धनगढीमा भएको धनगढी प्रिमियर लिग क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले काठमाडौं गोल्डेन्सलाई १५ रनले पराजित गरेको छ । सेती अञ्चल प्रहरी मैदानमा टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रन बनायो । उसको लागि नुरधोज सेनले सर्बा्धिक ३७ रन तथा पुष्प थापाले ३६ रनको योगदान दिएका थिए । काठमाडौंका सोमपाल कामीले ४ विकेट हात पारे । तेश्रो जितसँगै रुपन्देही च्यालेन्जर्स अंक तालिकाको शीर्ष स्थानमा कायमै छ भने गोल्डेन्स दोश्रो स्थानमा छ ।
जवाफी ब्याटिङमा उत्रिएको काठमाडौं गोल्डेन्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो । उसका ब्याट्सम्यान सुमित महर्जनले सर्बा्धिक २७ रन बननाए भने शुबेन्दु पाण्डे र रोहित पौडेलले समान २० रनको योगदान दिए ।
काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा रुपन्देहीका कप्तान शक्ति गौचनले सर्वा्धिक ३ विकेट हात पारे भने विक्रम सोव र कृष्ण कार्कीले समान २र२ विकेट लिए । म्यान अफ द म्याच ३६ रन र १ विकेट लिएका पुष्प थापा बने ।