नयाँ बर्षको अवसरमा सत्सङ समाज पर्वतद्वारा शुभकामना आदान प्रदान

1561
views

सुशिल भुजेल
पर्वत, १ बैसाख । सत्सङ समाज शंकरपोखरी पर्वतले नयाँ बर्ष २०७४ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । राधाकृष्ण मन्दिर परिसरमा भएको उक्त कार्यक्रममा नयाँ बर्षले आर्थिक, सामाजिक साथै भौतिक विकासको ढोका खुलोस् भन्ने कामना गरिएको छ । साथै आध्यात्जीक चिन्तनको विकासमा पनि जोड दिइएको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा हिन्दु धर्मको सिद्धान्त अनुसार धार्मिक सहिष्णुता कायम राख्दै देशमा समृद्धिको कामना होस भन्ने अपेक्षा गरिएको छ ।
सो अवसरमा राधाकृष्ण मन्दिरको सत्तल निर्माणका लागि सरीता शर्माले ५६ हजार एकसय ६० रुपैयाँ प्रदान गरेकी छिन् । दैनिक पुजाआजा सञ्चालन गर्न र धार्मिक सहिष्णुता कायम गर्न सो रकम हस्तानान्तरण गरिएको शर्माले जानकारी दिईन् ।
सत्सङ समाज शंकरपोखरी पर्वतका अध्यक्ष होम प्रसाद भुसालको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा स्वागत नर शहादुर थापा र सञ्चालन सचिव हर िप्रसाद तिवारीले गरेका थिए । कार्यक्रममा नारायण शर्मा लगायतका अतिथीहरुले मन्तव्य व्यक्त गरेका थिए ।