होटल वेन्जुको बार्षिक कारोबार ३८ लाख

1502
views

महेन्द्र जिसी
पर्वत, २ बैशाख । पर्यटन आकर्षणका लागि एकवर्ष अघि जिल्लाको पर्यटकीय सम्भावनाको खोजीसँगै सञ्चालनमा आएको होटल वेन्जुले पहिलो बार्षिक उत्सवमा बार्षिक ३८ लाखको कारोवार भएको जनाएको छ ।
होटल बेन्जुले वर्षभरीको कारोवार सार्वजनीक गरेर वार्षिक उत्सव मनाएको हो । होटलका सञ्चालक विषमकुमार श्रेष्ठले जिल्लालाई आर्थिक सम्वृद्धि गराउन पर्यटकीय सम्भावनाको खोजी गरेर व्यवसाय सञ्चालन गराउन आवश्यक रहेको बताउँदै बाह्य पर्यटकलाई जिल्लामा बसाईको व्यवस्था मिलाउन आवश्यक हरेको बताए ।
जिल्लाका उद्याृेग पति तथा समाजिक क्षेत्रमा व्यक्तित्वहरुको सहभागितामा आयोजित वार्षिकीमा होटल जस्तै पर्यटनका क्षेत्रमा लगानी बढाउनसके जिल्लामा पयटकीय सम्भावना धेरै रहेको जनाएका हुन । आफ्नो होटलको वार्षिक कारोवार सार्वजनीक गर्दैै श्रेष्ठले एक वर्षमा ३७ सय ५० कोठा विक्रि भएको जनाउँदै ३८ लाखको वार्षिक कारोवार भएको बताए ।
वार्षिकी कार्यक्रममा जिल्लामा पर्यटकीय सम्भावनको खोजीका निम्ती स्थानीय भुगोलको उपयोग गरेर प्रतिस्प्रधात्मक नभई विधिधात्मक पेशा अगाल्नु आवश्यक रहको सहभागिहरुले बताएका हुन । उनिहरुले रक कलाईमीङ, ¥याप्टीङ तथा दुर्लुङकोट व्यवस्थापमा आवश्यक रहको बताएका हुन । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष छवीलाल तिवारी र लायन्स डिस्टीक एडभाईजर काँशी कुमार जोशीले केक काटेर उद्धघाटन गरेका थिए । कार्यक्रममा एक वर्ष अघि दुर्घटनामा परेर उपचार गराईरहेका रेडियोकर्मी रामकृष्ण लामिछानेलाई होटलले आर्थिक सहयोग समेत गरेको हो ।