एटिएमको दुरुपयोग रोक्न एक व्यक्ति, एक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

1366
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, ३, बैशाख। केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा एकै व्यक्तिको एक भन्दाबढी खाता सञ्चालनमा रोक लगाएको छ बैंक तथा वित्तिय संस्थालाई बिनियमनमा सहजता ल्याउन तथा एटिएम कार्डको दुरुपयोग रोक्ने प्रयास स्वरुप केन्द्रिय बैंकले यस्तो निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकका अनुसार अव एक व्यक्तिको एउटै बैंकमा एक भन्दावढी खाता भए एउटा वाहेक सञ्चालनमा वन्देज लगाउनुपर्ने छ । यस्तै एटिएम पनि एक भन्दा वढी प्रयोग गर्न पाइने छैन । एउटै बैंकमा एक भन्दा वढी खाता हुनेले विदेशमा गएर समेत वढी रकम निकाल्ने गरेको पाइएकाले पनि दुरुपयोग रोक्न यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । अव खाता खोल्दा भरिने केवाइसी फर्ममा समेत कडाइ हुने जनाइएको छ ।
यसवाट विदेशी मुद्राको अपचलन र सो खातामा भित्रन सक्ने गैरकानुनी कारोवार न्युनिकरण हुने राष्ट्र बैंकको अपेक्षा छ । तर, मुद्दती खातामा भने यो व्यवस्था लागु” नहुने जनाइएको छ । यस्तै, अब बचत खातामा न्युनतम व्याजदर एक प्रतिशत हुनुपर्ने छ ।