प्रधानान्यायाधीश कार्कीको प्रतिक्रिया डटेर सामना गर्ने

700
views

काठमाडौं, १८, वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीले व्यवस्थापिका संसद्मा दर्ता भएको महाभियोग प्रस्तावको डटेर सामाना गर्ने बताएकी छन् । महाअभियोग प्रस्तावले आफू कत्तिपनि बिचलित नभएको उनको प्रतिक्रिया थियो । प्रधानन्यायाधीश कार्कीले महाभियोगले आफूलाई केही पनि फिल नभएको बताएकी छन् । तपाईंमाथि लागेको महाभियोगलाई कसरी लिनुभएको छ ? भन्ने प्रश्नको जवाफमा कार्कीले भनेकी छन् । ‘मलाई त केही फिल नै भएको छैन । ममाथि महाभियोग लाग्छ भन्ने पहिल्यै थाहा थियो ।’
उनले यही विषयमा कुरा गर्न माओवादी सांसद् रामनारायण बिडारीले पटक–पटक भेटका लागि समय मागेको तर आफूले समय नदिएको बताएकी छन् । ‘केही दिनयता माओवादी सांसद् रामनारायण बिडारीले मलाई पटक–पटक फोन गरी कांग्रेसको दबाब आइरहेको छ, एकपटक भेट्नुपर्यो भनिरहनु भएको थियो । तर मैले भेट्न मानिनँ, कार्कीले भनाई थियो ।
कार्कीले बिडारीलाई भेट्न आफूले इन्कार गरेपछि प्रधानमन्त्रीले आइतबार बिहानै पनि दूत बनाएर वर्षमान पुनलाई निवासमा पठाएको तर आफूले नभेटेको प्रष्ट पारेकी छन् । आफूले नभेटेपछि वर्षामान श्रीमानलाई भेटेर फर्केको कार्कीको भनाई छ । ‘उहाँहरुले मलाई जे आरोप लगाएर महाभियोग दर्ता गर्नुभएको छ, त्यो त उहाँहरुले पुष्टि गर्नुपर्छ । तर, मैले न्यायप्रतिको निष्ठा र इमान्दारितामा कहिल्यै सम्झौता गरेकी छैन’, कार्कीले आफ्नो निडरता व्यक्त गर्दै भनेकी छन् । कार्कीले कार्यकारीको अधिकारमाथि हस्तक्षेप गरेको आरोपको समेत खण्डन गरेकी छन् ।