पर्वतमा उम्मेदवारी मनोनयन दर्ताको दृश्य

781
views

पर्वत, १९, वैशाख । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा पुगि उम्मेदवारहरुले मनोनयन दर्ता गर्नेक्रम चलिरहेको छ ।
पर्वतमा बिहान १० बजेदेखि नै विभिन्न दल तथा स्वतन्त्र उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गराउन थालेका हुन् । पर्वतमा उम्मेवारी दर्ता प्रक्रिया शुरु भएपछि नेकपा एमालेले पहिलो पटक मनोनयन दर्ता गरेको छ ।कुश्मा नगरपालिकाबाट एमाले उम्मेदवार मेघनाथ सुवेदीेले पहिलोपटक उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एमाले लगायतका धेरै दलहरुले मनोनयन दर्ता गराईसकेका छन् ।

दुई नगरपालिका र पाँच गाउँपालिका मा मनोनयन दर्ताको भिड लागेको मुख्य निर्वाचन कार्यालयलाई सूचना प्राप्त भएको छ ।

 

बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता मंगलबार विहान १० बजेबाट सुरु भएको थियो । प्रमुख राजनीति दलसहितका दल र स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।