आचारसंहिता पालना नगर्ने उमेदवारलाई कार्वाही

675
views


काठमाण्डौ, २०, बैशाख ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना नगर्ने उमेदवारलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन ऐन, नियम, कानुन र आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई कडा कार्वाही हुने स्पष्ट पारे ।
उनले निर्वाचन आचारसंहिता पालना नगर्ने उमेदवार विजयी भएपनि कानुन पालना गर्न÷गराउन नसक्ने पनि उल्लेख गरे । नेत्रहिन संघले बुधबार काठमाडांैमा आयोजना गरेको स्थानीय तहको निर्वाचनसम्बन्धि प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता पालना भए÷नभएको अनुगमन गरिदिन संचारकर्मीसँग पनि आग्रह गरे ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा जनता ज्यादै उत्साही भएको पनि जनाएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेदवारहरुको मनोनयन भईसकेपछि जनता आफ्ना प्रतिनिधि चयन गर्न झनै उत्साही गएर लागि परेको बताए । उनले निर्वाचन प्रचार गर्दा कसैको पनि मानमर्दन गर्ने काम नगर्न पनि राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरे ।
प्रमुख निर्वाचन आयुक्त यादवले सबैलाई मतदानमा भाग लिन पनि पुनः आग्रह गरे । वैशाख ३१ गते ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा मतदान हुँदैछ । निर्वाचन आयोगले मंगलबार मनोनयन भएका उम्मेदवारहरुको अन्तिम नामावली शुक्रबार प्रकाशित गरी निर्वाचन चिन्ह समेत प्रदान कार्यक्रम तय गरिएको छ ।