भोलि बिहीबार राति १२ सम्म उम्मेद्धवारहरुले चुनावी प्रचारप्रसार गर्न पाउने

770
views

काठमाण्डौ, २७, वैशाख ।  वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहकोनिर्वाचनका लागि उम्मेदवारहरुले भोलि अर्थात बिहिबारसम्म मात्रै चुनावको प्रचार–प्रसार गर्न पाउने भएका छन् । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवका अनुसार भोलि बिहीबार राति १२ बजेसम्म मात्रै उम्मेद्धवारहरुले चुनावी प्रचारप्रसार गर्न पाउँछन् । त्यसपछि मौन अवधि सुरु हुन्छ, यदि मौन अवधिमा पनि प्रचार–प्रसार गरेको पाए आयोगले कारवाही गर्ने यादवले बताए । चुनावको ७२ घण्टा अघिबाट चुनावी प्रचारप्रचार रोक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।