नेपाल र चीनबीच ’वान बेल्ड वान रोड’ परियोजनामा हस्ताक्षर

905
views

काठमाडौं,२९, बैशाख । ‘वान बेल्ड वान रोड’ (ओबिओआर) परियोजनाका लागि नेपाल र चीनबीच हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री प्रकाशशरण महतको सहभागितामा आयोजित कार्यक्रममा परराष्ट्र सचिव शंकरदास वैरागी र चिनिया राजदूत यु होङले ओबिबओआर परियोजनामा हस्ताक्षर गरेका हुन् ।
यो परियोजनामा नेपालको सहभागिताले दुई छिमेकीबीचको सम्बन्धलाई नयाँ उचाई प्रदान गर्ने सहभागीहरुले बताएका छन्।
विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र भारतबीच गतिशील पुल बन्न नेपालले ’वान बेल्ट वान रोड’ (ओबिओआर) को ’फ्रेमवर्क’ तयार पारेको थियो। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको थियो। वैशाख ३१ र जेठ १ गते बेइजिङमा ओबिओआर फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलन हुँदैछ । सम्मेलनमा सहभागी हुन आउने अर्थमन्त्री कृष्णबहादुर महराले ६५ देशसम्म पुग्ने ओबिओआर परियोजनामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।