भोट खसालेपछि कलाकार विक्रम परियारको हत्या

1253
views

काठमाडौं,१, जेठ । – रंगकर्मी तथा चलचित्रका कलाकार विक्रम परियारको हत्या भएको छ । भोट खसालेर घर नजिकै घुम्न निस्किएको समयमा उनलाई अज्ञात समुहले समुहले हत्या गरेको हो । तनहुँ स्थायी घर भएका परियार स्थानिय तह निर्वाचनमा मतदानका लागि तनहुँ गएका थिए । उनको शब दमौली अस्पतालमा राखिएको छ । कस्ले र किन उनको हत्या गरे भन्ने बिषयमा अहिले अनुसन्धान चलिरहेको छ । घटनास्थलबाट रगत लतपतिएको ढुंगा फेला परेको छ । सो घटनामा स्थानिय देवीनारायण श्रेष्ठ पनि घाइते भएका छन् । ब्यास नगरपालिका १ निर्मलटारमा मोटरसाइकलमा गइरहेको समयमा उनको हत्या भएको थियो । रेडियो नाटकका अलवा चलचित्र ‘बधशाला, ताण्डव, फिटकिरी लगायतका’ चलचित्रमा अभिनय गरेका छन् । परियारको श्रीमती, १४ बर्षका एक छोरा र ९ बर्षकी छोरी छन् ।