‘‘ओराली लागेको मृगलाई बाच्छाले लखेट्छ’’ प्रचण्ड पुत्री रेणु दाहाल र पार्टीको मत परिणाम मध्यरातीसम्म उस्तै

1093
views

नवदृष्टि संवादादाता
पर्वत, १ जेष्ठ । माओवादी केन्द्र स्थानीय निकायको पहिलो चरणको निर्वाचनमा पछाडी पर्दै गएको छ । मतपरिणाम सार्वजनिक भैरहँदा कहीकतै जित र प्रतिष्पर्धा देखिएपनि दोस्रो संविधान सभादेखि ओरालो लागेको माओवादी स्थानीय तहको निर्वाचनको मत परिणाममा पनि ओरालो लागेको छ । त्यसैले होला ‘‘ओराली लागेको मृगलाई बाच्छाले पनि लखेट्छ’’ भनिएकाे । माओवादी केन्द्रले भाेग्दै अाएकाे यस्तै परिणाम स्थानीय निकायको निर्वाचनले समेत देखाइरहेको छ । माओवादी केन्द्रका उम्मेदवारले प्राप्त गरेको मत परिणाम निकै न्युन देखिदै गएको छ । त्यस्तै चितवन भरतपुर महानगरपालिकामा पनि प्रचण्ड पुत्री रेणु दाहाललाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ । तीन सय मत गणना हुँदा नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले १ सय ५२ मत ल्याउनु भएको छ ।
कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट उठ्नु भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणृु दाहालले ११० मत प्राप्त गर्नु भएको छ ।
एमालेको उपमेयर उम्मेदवार दिव्य शर्माले १ सय ३३ मत प्राप्त गर्नु भएको छ भने कांग्रेस र माओवादी गठबन्धनबाट उपमेयरमा उठ्नु भएकी कांग्रेसकी पार्वती शाहले १ सय २४ मत पाउनु भएको छ ।