फलेवास नगरपालिकामा एमाले ३९५०, मेयर काँग्रेस ३८२४, माओवादी केन्द्र २१०

683
views

पर्वत, ३ जेठ । फलेवास नगरपालिकामा एमालेका तर्फबाट मेयर उम्मेदवार पदमपाणी शर्माले ३९५० र नेपाली काँग्रेसका मेयर उम्मेदवार गंगाधर तिवारीले ३८२४ मत प्राप्त गरेका छन् । यस्तै एमालेको तर्फबाट उपमेयरका उम्मेदवार मञ्जु अधिकारी प्यासीले ३८९० र काँग्रसका तर्फबाट उपमेयर उम्मेदवार रेखा गुरुङले ३८३१ मत प्राप्त गरेका छन् ।
पनपामा माओवादी केन्द्रका उम्मेदवार मोती रेग्मीले २१० र उपमेर शोभा क्षेत्रीले २५७ मत प्राप्त गरेका छन् । मतगणना जारी नै रहेको छ । पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकाका २६ वडाहरुको मतगणना कार्य सम्पन्न भएको छ । २६ वडामध्ये १५ वडामा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन भने १० वडामा नेपाली काँग्रेस र १ वडामा माओवादी केन्द्रको विजय भएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ ।