फलेवास नगरपालिकामा एमाले नेता पदमपाणी शर्मा विजयी

843
views

निर्मल पौडेल
पर्वत, ३, जेठ । फलेवास नगरपालिकामा नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्माले ६१०३ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँगे्रसका उम्मेदवार गंगाधर तिवारीले ५७५५ मत प्राप्त गर्नुभएको थियो ।
कडा प्रतिष्पर्धाकाबीच शर्माले तिवारीलाई पछिपार्दै विजय हासिल गर्नुभएको हो । नगरपालिकाको उपमेयरमा एमालेकै मञ्जु अधिकारी प्यासी विजयी हुनुभएको छ । प्यासीले ५९५४ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्दी रेखा गुरुङले ५६४९ प्राप्त गर्नुभएको हो । माओवादी केन्द्रका मेयर मोती प्रसाद रेग्मीको पक्षमा ४१४ र उपमेयर शोभा क्षेत्रीको पक्षमा ६९६ मत परेको थियो । यस्तै राष्ट्रिय जनमोर्चाले ८८, नयाँ शक्ति पार्टीले ६२, राप्रपा ३६, नेपाल परिवार दल ९, अखण्ड नेपाल पार्टी ३ मत प्राप्त गरेका थिए । फलेवास नगरपालिकामा जम्मा १२९८६ मत खसेका थिए ।

नगरपालिकाको वडा नं १ मा एमालेका बाबुराम शर्माले ४९६ मत प्राप्त गरी विजयी हुनुभएको छ । वडा नं २ मा एमालेका गंगानारायण श्रेष्ठले ७१३ मत प्राप्त गर्नुभएको छ । वडा नं ३ मा नेपाली काँग्रेसका अर्जुन बहादुर केसीले ११९० मत वडा नं ४ मा एमालेका टिकाराम गौंडेलले ६०५ मत, वडा नं ५ मा एमालेका दिपक शर्मा पौडेलले ७३९ मत, वडा नं ६ मा एमालेका भोलानाथ भुसालले ७२० मत, वडा नं ७ मा एमालेका हरिराम रेग्मी विजयी हुनुभएको छ । यस्तै वडा नं ८ मा मन बहादुर कुँवरले ३८४ मत र वडा नं ९ मा गंगाधर शर्मा विजयी हुनुभएको छ भने वडा नं १० मा एमालेका शालिग्राम शर्माले ५४४ मत र वडा नं ११ मा जित बहादुर सुनारले ४९० मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत हिरामणी सुवेदीले जानकारी दिनुभएको छ ।