बनौ र धाईरिङमा माओवादी केन्द्रको कब्जा, पर्वतमा ४६ वडाको मतगणना सकियो

600
views

निर्मल पौडेल
पर्वत, ४ जेठ । जलजला गाउँ पालिका–९ बनौको अध्यक्षमा गौ बहादुर पुन सहितको सिङगो प्यानलै विजयी भएको छ । धाईरिङबाट अध्यक्ष पदमा टुङ्गनाथ आचार्य विजयी हुनुभएको छ । विजयी उम्मेदवारहरुलाई बाजागाजा सहित स्थानीयले सम्मान गरिरहेका छन् ।
पर्वतमा एक नगरपालिका र दुई गाउँपालिका सहित ४६ वडाको मतगणना कार्य सकिएको छ । मतगणना सम्पन्न भएका ठाउँहरुमध्ये एक नगरपालिका र एक गाउँपालिका सहित एमाले २८ स्थानमा विजयी भएको छ । नेपाली काँग्रेस एक गाउँपलिका सहित १५ वडार माओवादी केन्द्र ३ वडामा विजयी भएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ ।