कुश्मा नगरपालिकामा काँग्रेस विजयी

552
views

पर्वत, ४, जेष्ठ । कुश्मा नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र जोशी विजय भएका छन् । काँग्रेस नगरप्रमुखका उम्मेदवार रामचन्द्र जोशीले ८ हजार ५७ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार मेघनाथ सुवेदीले ७ हजार २ सय ३९ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली काँग्रसकै सिता काफ्ले लामिछाने विजयी भएकी छन् । उनले ८ हजार ४ सय १९ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार मुवा कुमारी शर्माले ७ हजार २३ मत प्राप्त गरेकी छन् ।