नगरपालिकालाई नौ कठ्ठा जग्गा दान

710
views

धनुषा, ५, जेठ । –धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको भवन निर्माण गर्न ४ जना समाजसेवीले करोडौंको जग्गा दान गरेका छन् । नगरपालिकाको भवन निर्माण गर्न ४ जना समाजसेवीले करिव २ करोड रुपैँया मूल्य पर्नेे ९ कठ्ठा जग्गा दान गरेका हुन् । नगरपालिका कार्यालयको भवनका लागि ४ जनाले प्रतिकठ्ठा करिब २३ लाखमा विक्री हुने ९(नौ) कठ्ठा जग्गा दान गरेका हुन् । जनकपुरका ती चारै जना समाजसेवी व्यापारीहरु सरेश सर्राफ, संदिप कुमार अग्रवाल, गोबिन्द सरार्फ, राजेश कुमार अग्रवालले सामुहिक रुपमा ९ कठ्ठा जग्गा नगरपालिकाको भवन निर्माण गर्न दान दिएका हुन् । २०७१ साल बैशाख २५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार सखुवा महेन्द्रनगर, र मदैया भवाडी, हरिहरपुर र दिगम्बरपुरलाई मिलाएर घोषणा गरिएको क्षीरेश्वरनाथ नगरपालिका साविकको सखुवा महेन्द्रनगर गाविसको कार्यालय भवनमा नगरपालिकाको कार्यालय संचालन गर्दै आएको थियो । ४ बर्ष पहिले ४ वटा गाविसलाई मिलाएर घोषणा गरिएको यस नगरपालिको आफ्नो जग्गामा भवन थिएन । गाविस भवनमा सेवाग्राहीको चापलाई मध्यनजर गरी कार्य संचालन गर्दै आएको नगरपालिकालाई जग्गा दान आएपछि नगरवासी उत्साहित भएको समाजसेवी मित्रलाल गरीले बताए । अर्का दाता सरेश सरार्फले जग्गाभएपछि नगरपालिकाबाट हुने काम प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।