एमाले अध्यक्ष ओली देउवामाथि खनिए

626
views

काठमाण्डौ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवामाथी खनिएका छन् । देउवाले प्रचण्डललाई राजीनामा दिन निरन्तर दबाब दिइरहेको आरोप लगाएका हुन् । ओलीले सत्तामा मात्र ध्यान नदिन सभापति देउवालाई आग्रह गरेका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै, प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिने तयारी गरिरहँदा एमाले अध्यक्ष ओलीले असहमति जनाएका हुन् । देउवाले प्रधानमन्त्रीलाई भेट्ने बित्तिकै कहिले छाड्ने भन्दै आतंक मच्चाएको ओलीले आरोप लगाए ।