प्रगतिशिल पत्रकार र साहित्यकारहरु एकताबद्ध होऊ – पौडेल

644
views

पर्वत, १३ जेठ । नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला ईन्र्चाज तेजेन्द्र पौडेलले प्रगतिशिल सञ्चारकर्मी र साहित्यकारहरु एक हुनुपर्नेमा जोड दिए । पौडेलले शनिवार पर्वतमा आयोजित महानसहिद कृष्ण सेन ईच्छुकको १५ औं स्मृति दिवसका अवसरमा यस्तो बताएका हुन् । उनले परिवर्तनका संवाहक ‘ईच्छुक’ का हत्याराहरुलाई कार्वाही गर्नुपर्नेमा जोड दिदैं प्रगतिशिल पत्रकारहरु एक भएर कलम चलाउनु वर्तमान आवश्यकता रहेको उल्लेख गरे । उक्त कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल जिसीले ‘ईच्छुक’ ले देखाएको बाटोमा अगाडी बढ्नुपर्नेमा जोड दिदैं परिवर्तनका लागि चलेका कलमहरुबाट त्रसिएर सेनको हत्या भएको बताए । जिसीले परिवर्तनलाई आत्मसाथ नगर्नेहरुले ईच्छुक दिवस मनाउन नचाहने भन्दै परिर्वतनलाइ स्विकार गर्नेले मात्र ईच्छुकदिवस मनाउन सक्ने बताए ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य बैकुण्ठ गिरी, प्रेस सेन्टर पर्वतका अध्यक्ष प्रनिश गिरी, प्रेस सोसाईटी पर्वतका अध्यक्ष राजबाबु पिसीले ‘ईच्छुक’ परिवर्तनका सम्वाहक भएको बताउँदै ‘ईच्छुक’ले देखाएको बाटोमा लाग्न सम्पूर्ण पत्रककरलाई आग्रह गरे । सहिद ‘ईच्छुक’ १५ औंस्मृति दिवसमा फुलमाला र अविर लगाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य शंकर गिरी, नयाँ शक्ति पार्टीका राज्य परिष्द सदस्य नविन पुन, लगायतले ईच्छुकले देखाएको बाटो नै परिवर्तनको बाटो भएको उल्लेख गरे ।